TodayPati

एक महिनामै करिब १८ हजार संक्रमित थपिए, निषेधाज्ञाले मात्र संक्रमण नियन्त्रण हुन्छ त ?

टुडेपाटी-

जनकपुरधाम, भदौ १२ गते ।


कोरोना फैलिन नदिन सररकारले ४० भन्दा बढी जिल्लामा लकडाउन गरेको छ । तर संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । स्वासथ्य मन्त्रालयका अनुसार लकडाउन खुलेको एक करिब १८ हजार कोरोना संक्रमित थपिएका छन्।

Sponsored

नेपालमा चैत ११ गतेको लकडाउन हुनुभन्दा अगाडि कोरोना भाइरसको संख्या ३४ थियो। तर, त्यहीँ लामो समयको लकडाउन अवधिमा संक्रमितको संख्या १७ हजार ९ सय ६९ थपिएको छ। लकडाउन खुलेपछि संक्रमितको संख्या बढेको छ। मानिसहरुको भीडभाड र ओहोरदोहोरमा कमि होस भन्नको लागि मुलुकभरका स्थानीय तह र जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरिसकेको छ।

प्रदेश २ सहित बाहिरका जिल्लामा हाल पूर्ण रुपमा निषेधाज्ञा लागू भएको छ। यहीँ अवधिमा कोरोना संक्रमणको संख्या उच्च दरमा फैलिएको छ। जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि संक्रमितको दर घट्ने आशा गरेको थियो। त्यस विपरीत संक्रमणको दर घट्नुपर्ने झन(झन संक्रमण फैलँदै गएको छ। सरकार निषेधाज्ञा जारी गर्न तल्लिन छ।

जनता कोरोनाको त्रासमा घरभित्र बस्न बाध्य छन्। देशका मुख्य(मुख्य सहरका टोल(टोलमा कोरोना देखिएको छ। संक्रमित बढेसँगै परीक्षणको दायरा बढाउनुपर्ने थियो तर, एक संक्रमित बराबर ५ देखि ७ जनालाई परीक्षण गरिरहेको छ। लक्षण भएका संक्रमितले कोभिड अस्पतालका बेड भरिएका छन्। निषेधाज्ञाको समयमा परीक्षणको दायरा बढाउनुपर्ने, संक्रमितको उपचारको लागि आइसोलेसन बेड,अस्पतालमा आइसियु र भेन्टिलेटर र अक्सिजनको संख्या बढाउनुपर्ने थियो तर, यसमा संघीय सरकार र स्थानीय तह दुवैको पर्याप्त तयारी देखिएको छैन्।

Sponsored

निषेधाज्ञाले अझ परीक्षणको दायरामा चुनौती थपिएको जस्तो भएको छ। मुलुकमा निषेधाज्ञा कहिलेसम्म र अहिले देखिएको जोखिम कहिले सम्ममा नियन्त्रण होलारु ुनिषेधाज्ञाले मात्र कोरोना नियन्त्रण हुन्नु पटक(पटक गरिएको लकडाउन र निषेधाज्ञाले मात्र कोरोना नियन्त्रण गर्न सहयोग नगर्ने जनस्वास्थ्यविद् डाक्टर सुरेश तिवारी बताउँछन्।

निषेधाज्ञा गरिएपछि सक्रिय रुपमा कोरोनाको संख्या बढदै गएको उनको दाबी छ। निषेधाज्ञामा सरकारको पहिलो प्राथमिकता कन्टयाक ट्रेसिङ हुनुपर्थ्यो डा। तिवारीले भने, संक्रमणको आशंका गरिएका व्यक्तिलाई कोरोना परीक्षण हुनुपर्छ। समुदायमा कोरोना देखिएको छ निषेधाज्ञा मात्र नियन्त्रणको पहिलो आधार होइन।

टोल टोलका महिलालाई कोरोना देखिएको छ त्यो भनेको समुदायमा कोरोना देखिएको भन्ने आधार रहेको उनले जानकारी दिए। अहिलेको पूर्ण बन्दमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह तीनै सरकार मिलेर जनताको स्वास्थ्य रक्षा गर्नलाई अग्रसर हुनुपर्ने तिवारीको भनाइ छ। जनतालाई घरमा थुनेर कोरोना थुन्न सकिएला तर भाइरसलाई थुन्न सकिदैन।

निषेधाज्ञाले मात्र कोरोना नियन्त्रण हुदैन, उनको तर्क छ। प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका जनप्रतिनिधिले मिलेर निषेधाज्ञा गरेका छन यो समयमा के गर्न सकिन्छ त्यसको कुनै तयारी नगरेको उनको धारणा छ। आइसोलेसन र स्वास्थ्यकर्मीको व्यवस्थापन पहिलो प्राथमिकता निषेधाज्ञाको समयमा सरकारले तीनवटा कुरालाई प्राथमिकतामा राखेर काम गरिरहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समीर कुमार अधिकारी बताउँछन्।

पछिल्लो केही दिन यता संक्रमणको दर बढदै गएकोले स्थानीय सरकार र जिल्ला प्रशासन निषेधाज्ञा गर्न बाध्य भएको उनले बताए। नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाएको कारण निषेधाज्ञा गर्न सरकार बाध्य भएको हुन सक्ने उनको दाबी छ। कोभिड अस्पताल उपचार केन्द्र, आइसोलेसन र जनशक्ति बढाउने सरकारको तयारी उनले प्रस्ट पारे।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *