कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, ५ महिने बालक सहित ४५ संक्रमित थपिए
टुडेपाटी
काठमाडौँ, भदौ ११ गते ।
कोरोना संक्रमणबाट कपिलवस्तुका ५० वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बुटवलमा उपचारत कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षी पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ।
उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेहका बिरामी भएको स्वास्थ्य कार्यालयले जनाएको छ। उनको उपचारकै क्रममा भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
यसैगरी बिहीवार विहान चितवनमा पाँच महिने बालकसहित ४५ जना कोरोना संक्रमित थपिएका छन्।
भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेज -सीएमसी_ मा गरिएको परीक्षणमा चितवनका ४५ सहित ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
Sponsored