TodayPati

रौतहटमा साथीको हत्या आरोपमा पक्राउ परेका युवकको मृत्यु, आन्दोलनको तयारी

टुडेपाटी-
जनकपुरधाम, भदौ ११ गते ।

रौतहटमा निरञ्जन रामको हत्या आरोपमा पक्राउ परेका सातजना मध्ये एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गरुडा नगरपालिका ८ जीगडियाका १९ वर्षीय विजय महराको मृत्यु भएको हो ।

वीरगञ्ज स्थित नेश्नल मेडिकल कलेजमा उपचारको क्रममा राति साढे १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

Sponsored

विजय महरालाई भदौ ३ गते स्वास्थ्यमा समस्या आएपछि गरुडा अस्पतालमा भर्ना गरिएको थियो । उनलाई भदौ ४ गते नै पिसावमा इन्फेक्सन, डाइरिया, भोमिट भएको प्रहरीको भनाइ छ ।
कोरोनाका आशंकमा भदौ ४ गते उनलाई वीरगञ्ज स्थित नेश्नल मेडिकलमा भर्ना गरिएको थियो । प्रहरीका अनुसार त्यहाँ विजय महरालाई भर्ना गरेपछि दुबै किड्नी फेल भएको चिकित्सकले बताएको थियो ।

मृतक परिवारले भने विजयको प्रहरीको चरम यातनाले स्वास्थ्यमा समस्या आएर मृत्यु भएको दावी गरेका छन् । मृतक विजयका बुबा पनीलाल राम चमारले निर्दोश छोरालाई हत्या कवलु गराउन प्रहरीले चरम यातना दिएको कारण छोराको मृत्यु भएको आरोप लगाए ।

पक्राउ परेका भोलि पल्टदेखि विजयका परिवार तथा दलित संघर्ष समिति रौतहटले चरणबद्ध रुपले गरुडा प्रहरीको बिरोधमा प्रदर्शन तथा आन्दोलन गर्दै आएका थिए ।

Sponsored

प्रहरीले हत्याका मुख्य योजनाकारलाई छोडेको र यातनाको भरमा आरोप कबुल गराएकै कारण विजयराम चमार यातना सहन नसकेर मृत्युु भएको आरोप लगाउँदै स्थानीयले आन्दोलनको तयारी थालेको छ ।

यता इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले हिरासतमा विजयलाई यातना नदिएको दावी गरे । पीसावमा इन्फेक्सन, डाइरिया, भोमिट, किड्नी फेल जस्ता समस्याले विजयको मृत्यु भएको भन्दै उनले परिवारजनले चरम यातनाबाट मृत्यु भएको दावी निराधार रहेको डीएसपी महतोले बताए ।

गएको साउन ३१ गते निरन्जन रामको घरभन्दा पर बाटो छेउमा घाटी रेटेर हत्या भएको अवस्थामा शव बरामद भएको थियो । सोहि अभियोगमा उनका साथी विजय रामसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । हत्या अभियोगमा प्रहरीथ स्थानीय २० बर्षिय अजयकुमार रंजन, १९ बर्षिय विवेक कुमार यादव, १९ बर्षिय अर्जुन राम, २० बर्षिय सिकिन्द्र राम, सहित सात जना मिलेर हत्या गरेको आरोपमा पक्राउ गरेको थियो । उनीहरुलाई प्रहरीले पक्राउ गरी भदौ ४ गते सार्वजनिक गरेको थियो ।

राम हत्याकाण्ड : घाँटी रेटेर हत्या गर्ने सातजना साथी पक्राउ

रौतहटमा घाँटी रेटेर एक युवकको हत्या

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *