TodayPati

धनुषा : २ दाजुलाई कुटपिट गरी बहिनीमाथि सामूहिक बलात्कार, १ पक्राउ

टुडेपाटी-
जनकपुरधाम, भदौ ७ गते ।

धनुषामा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । यही १ भदौको साँझ दिदीको घरबाट घर जाँदै गरेकी २० वर्षीया युवतीलाई धनुषाधाम नगरपालिका— २ स्थित धरमपुर सडकखण्डमा ४ जना युवक मिलेर सामूहिक बलात्कार गरेको खुलासा भएको हो ।

दिदीको घर नौसय गाउँबाट दुई जना गाउँले दाजुसँगै साँझ करिब साढे ६ बजे घर जाँदै गरेकी ती युवतीलाई ४ जना युवाहरूले पिछा गर्दै दुवै दाजुलाई कुटपिट गरी धान खेतमा लगेर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

Sponsored

‘युवती र उनीसँगै रहेका दुई जना दाजुलाई बाटोमा चारै जनाले जबर्जस्ती रोके । गाउँका अन्य साथीहरूलाई समेत बोलाएर दाजुलाई कुटपिट गरी गाउँबाट आएका अन्य साथीहरूलाई घर पठाई पालैपालो बलात्कार गरे,’ उनले भने ।

घटनालगत्तै ती युवतीले प्रहरीलाई खबर गरेको डीएसपी मिश्रले बताए । उनका अनुसार अनुसन्धानका क्रममा पीडितले टिपाएको हुलियाका आधारमा घटनामा संलग्न व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयमा सनाखतका लागि ल्याइएको थियो ।

तीनीहरूमध्ये धनुषाधाम नगरपालिका– २, धरमपुर बस्ने १९ वर्षीय विजयकुमार यादवलाई पीडितले पहिचान गरी सनाखत गरेको उनले जानकारी दिए ।

Sponsored

यादवलाई पक्राउ गरी जबर्जस्ती करणी मुद्दामा म्याद थप गराई अनुसन्धान भइरहेको उनले बताए । घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजतलास भइरहेको उनको भनाइ छ ।

घटना भएलगतै प्रादेशिक अस्पताल जनकपुरमा ती युवतीको स्वास्थ्य परीक्षण गरिएको र रिपोर्ट आइनसकेको डीएसपी मिश्रले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “धनुषा : २ दाजुलाई कुटपिट गरी बहिनीमाथि सामूहिक बलात्कार, १ पक्राउ

  • August 23, 2020 at 6:22 pm
    Permalink

    Anarth vai raheko xa Aab. Dosi lai kada vanda kada kanuni karbai hunu paryo.
    Huna ta Nepal ma fasi ko sajay na vayera ho.
    2/3 ko sarkar xa jata tatai balatkar ko ghatna vai rakheko xa.
    Fasi dine byabastha gar sarkar
    Aab sahdainay aatyachar

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *