TodayPati

प्रदेश २ मा कोरोनाबाट थप ३ जनाको मृत्यु , ३१२ जनामा संक्रमण

टुडेपाटी-
जनकपुरधाम, भदौ ७ गते ।

प्रदेश २ मा थप ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या ८ हजार ८ सय ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पर्सामा १ सय ३८, धनुषामा ३७, महोत्तरीमा ११, सिरहामा ५, बारामा १३, सर्लाहीमा ७९, रौतहटमा १७ र सप्तरीमा १२ जना गरी ३ सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

Sponsored

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवका स्वकीय सचिवमा समेत संक्रमण पुष्टि भएको छ ।

यस्तै, जनकपुरको काव्या अस्पतालका स्वास्थ्यकर्मी र डाक्टरसहित १८ जनामा संक्रमण पुष्टि भएको छ । झाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा सिन्धुली घर भई सर्लाहीको लालबन्दीमा बस्दै आएकी ३३ वर्षीया महिला, राजविराज नगरपालिका—७ का ७७ वर्षीय वृद्ध र जनकपुरधाम उपमहानगरपालिकास्थित रुपैठाका ५८ वर्षीय पुरुष रहेको उनले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *