TodayPati

धनुषाको गंगुली क्वारेन्टिमा मेस्तरले कोरोना संक्रमित जाँचेको विषयमा अनुसन्धान सुरु

टुडेपाटी

जनकपुरधाम, भदौ ७ गते ।

धनुषाको नगराइन नगरपालिकास्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रमा सरसरफाई कर्मचारीले कोरोना संक्रमित व्यक्तिको तापक्रम जाँचेको विषयमा अनुसन्धान थालिएको छ ।

Sponsored

कोभिड १९ धनुषाका संयोजक डा. जामुन प्रसाद सिंहले प्रेश विज्ञप्ती जारी गर्दै समाजिक संजालमा भाइरल भएको भिडियोको बारेमा सत्य तथ्य छानविन गरी २४ घण्टाभित्र विवरण सार्वजनिक गर्ने बताएका छन् ।

भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रेश विज्ञप्तीमा लेखिएको छ ‘क्वारेन्टिनमा ड्युटीमा रहेका स्वास्थ्यकर्मी टीमलाई प्रादेशिक अस्पताल जनकपुरमा झिकाइएको छ । सोको बारेमा सत्यतथ्य छानविन गरी विवरण २४ घण्टाभित्र सार्वजनिक गरिनेछ । साथै रिक्त भएको स्वास्थ्यकर्मी टिमको ठाउँमा नयाँ टिम ७ गतेदेखि खटाइने ।’

यस्तै समाजिक संजाल फेसबुक मार्फत डा. सिंहले स्वीपरले थर्मोगन प्रयोग गरी लिएको तापक्रम बारे अन्यथा नबुझ्न आग्रह गरेका छन् ।

Sponsored

‘अस्पतालको गेट देखी सार्वजनिक सबै ठाउमा गैर स्वास्थ्यकर्मीहरुले नै बिश्व भर तापक्रम लिने गरेको छ । स्वीपरले बिरामी जाचेको होइन । नियमित रुपले चिकित्सक तथा हेल्थ असिस्टेन्टले तापक्रम र अन्य भाइटल लिने गरेको छ । यधपी यस सम्बन्धमा अनुसन्धान गर्न ड्युटीमा रहेको स्वास्थ्य टिम लाई फिर्ता बोलाईएको छ,’ उनले लेखेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *