५ वर्षभन्दा कम उमेरका बालबालिकालाई मास्क नलगाउन डब्ल्यूएचओको आग्रह
एजेन्सी
जनकपुरधाम, भदौ ७ गते ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मास्कको प्रयोग समबन्धनी नयाँ प्रावधान जारी गरेको छ । फरक फरक उमेर समुहले कस्तो मास्क लगाउने विषयमा डब्लुएचओले नयाँ निर्देशिका जारी गरेको हो ।
स्वास्थ्यमा असर पर्ने भन्दै ५ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई मास्क नलगाइदिन डब्ल्यूएचओले अनुरोध गरेको छ । ६ वर्षदेखि ११ वर्षका बालबालिकाहरूले भने मास्क लगाउन सक्ने जनाएको छ । उ
नीहरुलाई मास्क कसरी लगाउने र कसरी निकाल्ने भन्ने कुरा राम्रोसँग सिकाउन संगठनले अभिभावकहरूलाई आग्रह गरेको छ ।
१२ वर्षमाथिका बालबालिकाहरूलाई भने वयस्कहरुकै जस्तै नियम लागु हुने संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनले १२ वर्षभन्दा माथिकालाई मास्क लगाउने विषयमा नयाँ नियम जारी गर्दै यस्तो बताएको हो ।
Sponsored
साथै संगठनले ६० वर्षभन्दा कम उमेरकालाई कपडाको मास्क लगाउन सुझाव दिएको छ । तर, ६० वर्षभन्दा माथि र अन्य कुनै रोग भएकाहरुले भने मेडिकल मास्क लगाउनुपर्ने संगठनले जनाएको छ ।