TodayPati

मिथिलाञ्चलमा चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइयो

टुडेपाटी-
जनकपुरधाम, भदौ ६ गते ।

मिथिलाञ्चल सहित तराई मधेशमा अाज चौठचन्द्र पर्व मनाइएको छ। प्रत्येक वर्ष भदौ महिनाको शूक्लपक्ष चतुर्थी तिथिका दिन तराई मधेशमा बस्ने हिन्दुधर्मावलम्बीहरुले यो पर्व चन्द्रमालाई पूजा गरी मनाउने गर्दछन् ।
अाज साँझ पख विविध प्रकारको मिठाई ,फलफूल तथा पूजा समाग्री चद्रमालाई अर्पण दिई चौठचन्द्र पर्व मनाइएको छ ।

पर्वको पूर्व सन्ध्यामा शुक्रबार घर नजिकको पवित्र पोखरी नदि, तलाउ एवं सरोवरहरुमा स्नान गरि खाना खाएका ब्रतालुहरु अाज शनिबार दिनभर उपबास बसि साँझ पख विविध प्रकारको मिठाई ,फलफूल तथा पूजा समाग्री चद्रमालाई अर्पण दिने गर्दछन् ।

Sponsored

घर परिवारको सुख शान्ति एवं समृद्धि तथा, सन्ता सुख, विभिन्न प्रकारका रोग,दुःख कष्टबाट मुक्ति पाइने पौराणिक जनविश्वास सहित यो पर्व निष्ठापूर्वक मनाउने गरिन्छ ।
चन्द्रमाको पूजाआजा गरि मनाईने हुनाले यसलाई चौठचन्द्र वा चौरचन भन्ने गरिन्छ

यो पर्व आँगनमा मनाउने हुनाले विहानै आँगन तथा घरलाई सरसफाई र लिपपोत गरि पवित्र बनाउने गरिन्छ । त्यपछि साँझ पख चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यता अनुरुप पर्व मनाउने परिवारजनले हातमा एक दिन अगावै माटोको भाडो (मटकुरी)मा जमाएको दही , पुरी , खीर , खाजा मिठाई, केरा, स्याउ, अम्बा, अनार, काँक्रा, गाजर जस्ता विविध प्रकारको फलफूल तथा पूजा समाग्रीहरु लिएर भगवान चन्द्रदेवको दर्शन गर्ने परम्परा रहि आएको छ । चन्द्रदेवलाई अर्पण दिए पश्चात घरका सदस्यहरु मिलेर पर्वमा चढाएको प्रसाद ग्रहण गर्ने गर्दछन् ।

यो पर्व नगर्ने घरपरिवारका सदस्यहरुलाई पर्व गर्ने आफन्त शुभचिन्तकहरुले निम्ता गरि प्रसाद खुवाउने, घरमा पठाउने तथा वितरण गर्ने प्रचलन छ । यो पर्वमा प्रायः महिलाहरु ब्रत बस्ने गर्दछन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *