TodayPati

बुटवल र चितवनमा २ कोरोना संक्रमितको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, भदौ ५ गते ।

बुटवलको कोरोना विशेष अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल धागो कारखनामा रहेको कोरोना विशेष अस्पतालको आइसियूमा रहेका उनको मृत्यु भएको अस्पतालको कोरोना फोकल पर्सन डा. सुर्दशन थापाले जानकारी दिए ।

Sponsored

प्युठान स्वर्गद्धारी-७ का ती पुरुषको आइसियूमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । १ भदौदेखि उनी अस्पतालको आइसियूमा उपचाररत थिए ।

चितवनमा पनि ६५ वर्षीय पुरुषको मृत्यु
राससका अनुसार चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने चितवनकै रत्ननगर नगरपालिका १३ का ६५ वर्षका पुरुष रहेका अस्पताल स्रोतले जनाएको छ ।

Sponsored

अस्पतालले शुक्रबार बिहान सूचना जारी गरेर यो जानकारी गराएको हो। विगत ६ दिनदेखि कोभिड-१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहिबार मृत्यु भएको सूचनामा उल्लेख छ ।

मृतक पुरुष दीर्घरोगी रहेका र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृर्गौलामा समस्या देखिएको अस्पतालका कोभिड-१९ क्लिनिकल संयोजक डा.प्रमोद पौडेलले बताए ।

उनीसँगै कोरोना सङ्क्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा तीन जनाको मृत्यु भइसकेको छ । अर्का एक जनाको पूर्वी चितवनमा मृत्यु भएको थियो । चितवनमा पनि कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *