महोत्तरीबाट ४ क्विन्टल बढी मटर बरामद
टुडेपाटी-
महोत्तरी, भदौ ४ गते ।
महोत्तरीमा प्रहरीले बिहीबार बिहान नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ४ क्विन्टल २५ किलो मटर बरामद गरेको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका–३ स्थित भारतीय सीमा नजिकै रहेको मलिवारा गाउँबाट २५० किलोग्राम र सीमा नजिकै रहेको एकडारा गाउँपालिका–४ स्थित हलखोरी गाउँबाट १७५ किलोग्राम मटर बरामद जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
दुवै स्थानमा १७ वटा बोरामा राखेर नेपालबाट भारत लैजानका लागि राखिएको ती मटर प्रहरीको गस्ती टोलीले बरामद गरेको हो । तस्करहरु प्रहरीलाई देखेर भागेका छन् ।
बरामद मटर प्रहरीले आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको जनाइएको छ । पछिल्ला दिनमा महोत्तरीको सीमा भएर नेपालबाट भारततर्फ मटर चोरी निकासी हुने क्रम निक्कै बढेको छ ।
Sponsored