TodayPati

प्रादेशिक अस्पतालमा छोराको उपचारकालागि बुवाआमा रोइरहे, उपचार नपाउँदा छटपटिएर मृत्यु

टुडेपाटी

जनकपुरधाम, भदौ ४ गते ।

मृगौलामा समस्या भएर सिकिस्त परेका सबैला नगरपालिका—२ का प्रमोद महतो मंगलवार दिउँसो उपचारकालागि प्रादेशिक अस्पताल जनकपुर पुगे ।

Sponsored

घरमा अरु कोही नभएपछि वृद्ध आमा बुवाले एम्बुलेन्समा राखेर उनको उपचारकालागि ल्याएका थिए । घरबाटै नाजुक अवस्थामा हिँडेका उनी अस्पतालमा आउँदासम्म झन तन्ग्रिए ।

जसोतसो एम्बुलेसन्बाट आमा बुवाले उतारेका उनलाई सम्हाल्नै मुस्किल थियो । पिडाले छटपटाए जोड जोडले उनी चिच्याउँदै थिए । पेट फुलिसकेको थियो भने बान्ता पनि आइरहेको थियो ।

आङ सिरिङ हुने उनको चिच्याहटले अस्पतालमा आउजाउ गर्ने स्वस्थ्यकर्मीसँगै अन्य सबैको ध्यान आफुतिर खिचेका थिए । अवस्था यतिसम्म नाजुक थियो कि उनलाई बोल्न सक्ने समेत जिउमा तागत थिएन् ।
आमा बुवाले काँधमा राखेर जसोतसो उनलाई सम्हालेका थिए । अस्पतालमा आउनसाथ पुर्जा कटाएर उनका आमा बुवा छोरालाई लिएर डाइग्नोसिस कक्षतिर अघि बढ्न खोजे ।

Sponsored

तर अस्पालका गार्डले उनलाई रोक्यो । छोराको अवस्थाबारे त्यहाँ भएका डाक्टर तथा स्वास्थ्यकर्मीलाई भनिन् । तर कोरोना भाइरसको जोखिम रहेकाले यहाँ उपचार फर्काइदिए । प्रमोदको दर्द झन बढ्न लाग्यो । उनी छटपटाउँदै थिए । त्यहाँ भएका स्वास्थ्यकर्मीले सबै देखिरहेका थिए ।

प्रादेशिक अस्पताल जनकपुर डाइग्लोसिस गर्ने समय छैन रे स्टाफलाई

प्रादेशिक अस्पताल जनकपुर को यो दृश्य । किड्नी बिरामी लाई डाइग्लोसिस गर्ने समय छैन भन्छन् स्टाफVideo:B P Sah

Posted by Today pati on Tuesday, August 18, 2020

तर जतिभन्दा पनि उपचार गर्न नमानेको प्रमोदको परिवारजनको भनाई छ ।
‘कोरोनाको कारण हामी भर्ना लिदैनौ । यहाँबाट विरामी लानुस भनेर डाकटरले फर्काइदियो ।
गेटबाट भित्र पनि पस्न दिएन,’ प्रमोदका बुवा जोगेन्द्रले भावुक हुँदै भने ।

उनका अनुसार छोराकालागि उपचारकालागि त्यहाँका डाक्टरलाई घण्टौ बसेर उनले गुहार लगाइरहे । आफैले भनसुन गरेर उपचार नहुने देखेपछि उनका आमाबुवाकासाथै आफ्न्तले समेत राजननितीक पहल समेत गरे । तर अस्पतालका डाक्टरले कसैको नसुनेको उनको फुपु ललिता महतोले बताईन् ।

प्रमोद करिब एकवर्षअघि देखि मृगौला रोगी रहेको उनले जानकारी दिइन् । उनका अनुसार करिब एकसाता अघिमात्र काठमाडौँ स्थित टिचिङ अस्पतालबाट प्रमोद ठिक नहुँदै घर फर्केका थिए । त्यसयता उनी औषधी सेवन गरेपनि उनको अवस्था बिग्रिदै गएको उनका फुफु ललिताले बताइन् ।

मंलवार करिब तीनबजे अस्पताल पुगेका आमाबुवा साँझ सात बजेसम्म समेत कुनै उपाय नदेखेपछि गम्भीर अवस्थामा रहेका छोरालाई घर ल्याउन उनले एम्बुलेन्स चहार्न थाले । तर कुनै एम्बुलेन्सले घर ल्याउन नमानेपछि अटो भाडा गरेर राति करिब साढे ८ बजेमात्र घर फर्किएको उनको भनाई छ ।

तर अस्पतालले उपचार नगरेको भनी पीडित पक्षले लगाएको आरोप निराधार रहेको जनाएको छ ।

प्रादेशिक अस्पताल जनकपुरले बिहीवार प्रेश विज्ञप्ती जारी गरी मृतक प्रमोदको आमाबुवाले उनलाई बलपुर्वक डायलसिस वार्डमा प्रवेश गरी राखेको र विरामीलाई ड्युटीमा रहेका स्टाफनर्सले अन कल फिजिसियन चिकित्सक तथा डायलसिस विभागको प्रमुख चिकित्सक दुबै जनालाई बोलाएर त्यहीँ ठाउँमा विरामीको चेकजाँच गराएको दावी गरेको छ ।  तर अस्पताल प्रशासनले बिरामीको उपचार दाबी गरेको विज्ञप्तिमा कसैको हस्ताक्षर भने छैन ।  

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *