TodayPati

पर्सामा २० किलो अवैध चरेश बरामद

टुडेपाटी-
पर्सा, भदौ २ गते ।

पर्सामा प्रहरीले २० किलो लागुऔषध चरेश बरामद गरेको छ । पर्साको जगरनाथपुर गाउँपालिका २ बाट गएराती सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिखमपुरले सो चरेश बरामद गरेको हो ।

सशस्त्र प्रहरी निरिक्षक किशमान तामाङको नेतृत्वमा खटेको टोलीले मुडली टिनडोबियाबाट चरेसको खेप लिएर भारत तर्फ लगिरहेको अवस्थामा विशेष सुचनाको अधारमा सशस्त्र प्रहरीले ३८ पोका चरेस दसौता गाउँ नजिक बाट बरामद गरेको प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले जानकारी दिए ।

Sponsored

चरस तस्करहरुले प्रहरीलाई देखेपछि चरेसको पोका फालेर भागेका थिए । बराम्मद भएको चरेस ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाईएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *