TodayPati

इलाममा क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

टुडेपाटी-
इलाम, भदौ १ गते ।

इलाममा क्वारेन्टाइनमा गए राति मृत्यु भएका २२ वर्षीय युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा
भारतको हैदराबादबाट आएका २२ वर्षीय निशान सुन्दास गत २६ साउनदेखि क्वारेन्टाइनमा थिए । उनको मृत्युपछि सबै त्रसित भएका थिए ।

आज उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारीले जानकारी दिए । उनलाई आइतबार बिहानदेखि श्वासप्रश्वासमा समस्या रहेको र बिहानैदेखि खाना नखाएपछि उपचार गरिँदै आइएको कोरोना फोकल पर्सन अधिकारीले बताए । रिपोर्ट नेगेटिभ आएकाले त्रसित नहुन नगरवासीलाई नगरपालिकाले आग्रह गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *