जनकपुरमा कोरोनाबाट थप एकजनाको मृत्यु, धनुषामा मृतक संख्या ९ पुग्यो
टुडेपाटी-
जनकपुरधाम, भदौ १ गते ।
धनुषामा कोरोना भाइरसको संक्रमणबाट फेरि एकजनाको ज्यान गएको छ । प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचार भइरहेका धनुषाको धनौजी गाउँपालिका ३ का ६५ वर्षीय पुरुषको सोमबार दिउँसो मृत्यु भएको हो ।
श्वासप्रश्वास, रुघाखोकी जस्ता समस्याले ग्रसित संक्रमित पुरुषको सोमबार दिउँसो मृत्यु भएको अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन सिंहले जानकारी दिए । आइसोलेशनका इन्चार्ज समेत रहेका डा. सिंहका अनुसार उनी साउन ३१ गते अस्पताल भर्ना भएका थिए ।
दमा रोगका बिरामी रहेका उनलाई श्वासप्रश्वास समस्या तथा रुघाखोकी लागेपछि साउन २६ गते पीसीआर चेक गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । पछि स्वास्थ्य अवस्था सिकिस्त भएपछि प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । आइसियुमा राखेर उपचार भइरहेका उनको सोमबार दिउँसो मृत्यु भएको हो ।
योसंगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ भने प्रदेश २ मा ४६ जना संक्रमृतको मृत्यु भएको छ ।
Sponsored