महोत्तरीमा कोरोना संक्रमित खुलेआम गाउँ घुम्दै, जोखिम बढेको स्थानीयको गुनासो
टुडेपाटी-
महोत्तरी, साउन ३२ गते ।
जिल्ला मालपोत कार्यालय जलेश्वरका र्दुइजना कोरोना संक्रमित कर्मचारी गाउँमा खुलेआम घुमिरहेकाले जोखिम बढेको स्थानीयले गुनासो गरेको छ ।
मालपोत कार्यालयमा कार्यरत्त महोत्तरीको महोत्तरी गाउँपालिका घर भएका दुईजना कोरोना संक्रमित कर्मचारी गाउँमा खुलेआम घुमिरहेको स्थानीय ब्रह्मर्सी साहले गुनासो गरेका छन् ।
उनले र्दुइजना स्थानीय संक्रमित कर्मचरीको नाम लेख्दै गाउँपालिका अध्यक्ष सुनिल राय र वडा नं. २ का वडाध्यक्ष गंगा यादवलाई पटक पटक भन्दा कुनै मतलब नगरेको गुनासो गर्दै समाजिक संजालमा सबै ग्रामबासीलाई सचेत रहन आग्रह गरेका छन् ।