TodayPati

अनुदानको मल बढी मुल्यमा बेच्ने दुईजना व्यापारी बाराबाट पक्राउ

टुडेपाटी-
बारा, साउन ३० गते ।

बारामा अनुदानको मल बढी मुल्यमा बेच्ने दुई जना व्यापारीलाई प्रहरीले पक्राउ गरेका छन् ।

अनुदानको मल बढी मुल्यमा बिक्री गर्ने बाराको कलैया उपमहानगरपालिका १ राजदेवी टोलस्थित कुशवाहा बिज भण्डारका संचालक कलैया १७ बस्ने ३४ बर्षिय मुरारी साह तेली र श्री आसकामिनि माई कृषि सहकारी संस्था कलैयाका कर्मचारी कलैया १ मा बस्ने धनन्जय प्रसाद साहलाई पक्राउ गरेको हो ।

Sponsored

उनीहरु दुवैजनाले आफ्नो सहकारीको नाममा साल्ट ट्रेडिङ्ग वीरगंजबाट अनुदानमा मलखाद खरिद गरि तोकिएको मुल्यभन्दा बढी मुल्यमा मल बिक्री गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुसहित सहकारीको गोदामबाट साल्ट ट्रेडिङ्ग वीरगंजबाट खरिद गरेको युरिया मल १९ बोरा, सल्फेट १४ बोरा र भारतीय युरिया मल २२ बोरा गरी ५५ बोरा मलसमेत बरामद गरेको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारवाही गरिने मिश्रले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *