प्रदेश २ : हेलिकोप्टरबाट उपचारकालागि काठमाडौँ पुगेका मेयर यादवलाई कोरोना संक्रमण
टुडेपाटी
जनकपुरधाम, साउन ३० गते ।
पर्सागढी नगरपालिकाका प्रमुख लोक नरायण यादवलाई कोरोना संक्रमण देखिएको छ ।
सोमबार पीसीआर परीक्षण गर्दा उनलाई संक्रमण देखिएको हो ।
काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका यादवले नै सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
कोरोनासँग मिल्दो लक्षण देखिएपछि वीरगञ्जको तराई अस्पतालमा भर्ना भएका उनी थप उपचारका लागि २६ साउनमा हेलिकोप्टर चार्टर्ड गरी काठमाडौं गएका थिए ।
Sponsored