TodayPati

युवाहरुले थालेको बालउद्यान निर्माणमा वडा अध्यक्षले दिए १०२ बोरा सिमेन्ट

टुडेपाटी-
महोत्तरी, साउन २९ गते ।

सामुदायिक विद्यालय परिवर्तनका अभियानी तथा महोत्तरीको बर्दिबास नगरपालिका –३ का वडा अध्यक्ष राजन ढुङ्गानाले बालउद्यान निर्माण परियोजनामा १ सय २ बोरा सिमेन्ट सहयोग गरेका छन् ।
जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीले जनस्तरबाट सहयोग संकलन गरेर बर्दिबास नगरपालिका– ९ स्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा बालउद्यान निर्माण गरिरहेको छ ।

युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतोको नेतृत्वमा पशुपतिनाथ बनरझुल्लामा बालउद्यान तथा चिल्ड्रन पार्क निर्माण भइरहेको छ । स्थानीय पत्रकार अमृत कुमार महतो पहलमा सो विद्यालय नमूना बनाइदैंछ । पत्रकार राजकररण महतोले हाँस्य कालाकार धुर्मुस–सुन्तलीलाई आकर्षित गरेर २०७३ सालमा बर्दिबासका अति विपन्न मुसहर जातीका लागि एकिकृत नमूना मुसहर बस्ती निर्माण गराएका थिए ।

Sponsored

विश्वभर कोरोना भाइरसले सबैलाई घरभित्र थुनिदिएको बेला युवा सञ्जालले सचेत हुदैं कठिन परिस्थितमा निर्माण कार्यमा जुटेका छन् ।
असार ३ गतेदेखि लगातार बालउद्यानको निर्माण कार्य चलिरहेको छ । हालसम्म ६० प्रतिशत काम पुरा हुन लागेको सञ्जालका अध्यक्ष परमेश्वर महतोले जनाए ।

जनता माध्यमिक विद्यालय गौरीडाँडा बर्दिबास विद्यालय व्यवस्थान समितिको नेतृत्व गरेर स्कूललाई वडा अध्यक्ष ढुङ्गानाले प्रदेश– २ कै नमुना बनाउन सफल भएका छन् । ढुङ्गाना वडा अध्यक्षमा निर्वाचित भएर आएपछि उनले आफ्नो वडामा विकासका लहर ल्याएका छन् । आफ्नो वडालाई सुन्दर बनाउन जुटेका उनले बर्दिबास नगरपालिका भरीका सबै विद्यालय नमूना भएको देख्न चाहेका छन् ।

सामुदायिक विद्यालयको मुहार फेर्न युवाहरु जुटेपछि खुशी हुदैं उनले आफ्नो तर्फबाट युवा सञ्जाललाई १ सय १ बोरा सिमेन्ट प्रदान गरेका हुन् ।

Sponsored

यस अघि सबै भन्दा बढी सिमेन्ट सहयोग गर्नेमा समाजसेवी तथा गौतम होटल बर्दिबासका प्रबन्ध निर्देशक हिरा गौतम थिए । जनसहयोगी युवा सञ्जालले मुठ्ठी दान अभियना संचालन गरेर ५० लाखको लागत रहने बालउद्यान तथा चिल्डे«न पार्क निर्माण गरिहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *