TodayPati

कोरोना संक्रमणबाट जनकपुरकी ३८ वर्षीया महिलाको मृत्यु

टुडेपाटी

जनकपुरधाम, साउन २८ गते ।

कोरोना संक्रमणबाट थप जनकपुरकी एक व्यक्तिको मृत्यु भएको छ ।

Sponsored

काठमाडौँस्थित पाटन अस्पतालमा उपचाररत ३८ वर्षीया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले जानकारी दिए ।

उनी साउन १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी थिइन् ।

यसअघि मंगलबार राति जनकपुरकै रामा होटेलका संचालक ७३ वर्षीय कृष्ण गिरीको मृत्यु भएको थियो ।

Sponsored

उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *