TodayPati

कोरोनाबाट निधन भएका जनकपुरका पूर्व मेयर गिरीप्रति नेता निधिद्वारा शोक व्यक्त

टुडेपाटी-
जनकपुरधाम, साउन

नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले कोरोना संक्रमणबाट जनकपुरका पूर्व मेयर तथा रामा होटेलका संचालक कृष्ण गिरीको निधनप्रति शोक व्यक्त गरेका छन् ।

नेता निधिले एक शोक वक्तव्य जारी गर्दै मृतक गिरीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनको मृत आत्माको चिरशान्तिको कामना गरेका हुन् ।

Sponsored

शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति गहिरो संवेदन प्रकट गर्दै नेता निधिले गिरीको मृत्युले नेपाली काँग्रेस, समाज र आफुले अपुरणीय क्षति भएको बताएका छन् ।

नेता निधिले गिरी परिवारसंग आफुहरुको बाजेको पालादेखि राजनैतिक सानिध्यता, अत्यन्त आत्मिय र सम्मानजनक सम्बन्ध रहँदै आएको स्मरण समेत गरेका छन् ।

१५ दिनअघि कोरोना संक्रमित भएका गिरीको ७३ वर्षको उपमेरमा मृत्यु भएको छ । नेपाली काँग्रेस पार्टीमा आवद्ध गिरी २०४४–०४५ मा जनकपुरका मेयर समेत भएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *