कोरोना संक्रमितको संख्या २ करोड ५ लाख नाघ्यो, भारतमा एकैदिन ६१ हजारमा संक्रमण
टुडेपाटी-
जनकपुरधाम, साउन २८ गते ।
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघेको छ ।
अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५ लाख २ हजार १२६ पुगेको वल्डोमिटर्सको बुधबार बिहानको तथ्यांकले देखाएको छ ।
कोरोना भाइरस संक्रमणबाट ७ लाख ४४ हजार ५१६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ६३ लाख ३३ हजार ४३१ जनामा सक्रिय संक्रमण छ ।
उनीहरुमध्ये ६४ हजार ४३१ जनाको अवस्था गम्भीर छ । संक्रमित १ करोड ३४ लाख २४ हजार १७९ जनाले कोरोनालाई जितेका छन् ।
Sponsored
मंगलबार सबैभन्दा बढी भारतमा संक्रमित भेटिएका छन् । वल्डोमिटरका अनुसार त्यहाँ पछिल्लो २४ घण्टामा ६१ हजार संक्रमित थपिँदा ८ सय ३५ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा संक्रमितको संख्या २३ लाख २८ हजार नाघेको छ । जसमध्ये १६ लाख ३८ हजार निको हुँदा ४६ हजार १ सय संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै, गत २४ घण्टामा अमेरिकामा साढे ५४ हजार, रुसमा झण्डै ५५ हजार संक्रमित थपिएका छन् । बुधबार बिहानसम्म विश्वभर कोरोनाबाट १ करोड ३४ लाख २७ हजार संक्रमितको निको भएका छन् ।
चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २१६ देशमा फैलिएको छ । कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ ।
अमेरिकामा संक्रमित संख्या ५३ लाख ४ हजार ३६२ पुगेको छ । बितेको २४ घण्टामा ५२ हजार ९२४ संक्रमित थपिएका छन् ।
त्यस्तै २४ घण्टाको अवधिकमा संक्रमित १ हजार ३९५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६७ हजार ५८७ पुगेको छ ।
अझै २३ लाख ८१ हजार ६८८ जनामा सक्रिय संक्रमण रहेको छ भने उनीहरुमध्ये १७ हजार ३९९ को अवस्था गम्मीर छ ।
संक्रमित २७ लाख ५५ हजार ८७ जनाले कोरोना जितेका छन् ।
संक्रमण दरले अमेरिकापछि दोस्रो स्थानमा ब्राजिल छ ।
ब्राजिलमा कोरोना संक्रमितको संख्या ३१ लाख १२ हजार ३९३ पुगेको छ । २४ घण्टामा ५४ लाख ९२३ संक्रमित थपिएका छन् । त्यस्तै बितेको २४ घण्टामा ब्राजिलमा १ हजार २४२ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या १ लाख ३ हजार ९९ पुगेको छ ।
संक्रमित २२ लाख ४३ हजार १२४ जना कोरोनालाई जितेर घर फर्किएका छन् । ७ लाख ७७ हजार १७० जनामा सक्रिय संक्रमण छ । जसमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर छ ।
हालसम्म कोरोनाको कुनै पनि औषधि तथा खोप पत्ता लागिसकेको छैन । यद्यपि विश्वका थुप्रै देशमा कोरोना संक्रमण निको पार्ने खोप विकासको प्रयास भइरहेका छन् । कितपय देशमा खोपको क्लिनिकल परीक्षण पनि भइरहेको छ ।