TodayPati

बाँकेमा कोरोना संक्रमणबाट ७० वर्षीया वृद्धाको मृत्यु

टुडेपाटी-

बाँके, साउन २५ गते ।

बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप एकजना वृद्वाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या ७६ पुगेको छ ।

Sponsored

कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत कोहलपुर नगरपालिका-२ की ७० वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

बाँकेमा भने कोरोना संक्रमणबाट मर्नेको संख्या तीन पुगेको छ । यसअघि नरैनापुर गाउँपालिका ५ का २४ वर्षीय युवक र बैजनाथ गाउँपालिकाकी महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *