TodayPati

भदौ १५ गतेदेखि मात्रै यातायात र हवाई उडान खुल्ने

टुडेपाटी-
काठमाडौं, साउन २५ गते ।

भदौ १५ गतदेखि अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान मात्र खुल्ने भएको छ । सरकारले अगामी भदौ १ गतेबाट खुल्ने भनिएको अन्तर जिल्ला यातायात र बाह्य तथा आन्तरिक हवाई उडान कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले अगामी भदौ १५ देखि मात्र खुल्ने निर्णय गरेको हो ।

गएको साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।

Sponsored

तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले भदौ १५ सम्म नखोल्ने प्रस्ताव तयार पारेको छ । बैठकले बैंक, संघ संस्थामा ५० प्रतिशत मात्र कर्मचारी काममा बोलाउन र ५० प्रतिशतलाई घरमा राखेर ७ वा १५ दिन आलोपालो गर्न प्रस्ताव गरेको छ । यस विषयमा औपचारिक निर्णय सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *