सिरहामा कोरोनाबाट मृत्यु भएका युवकको नेपाली सेनाद्वारा अन्त्येष्टि
टुडेपाटी-
सिरहा, साउन २३ गते ।
सिरहामा कोरोना संक्रमणबाट मृत्यु भएका युवकको शवलाई नेपाली सेनाले व्यवस्थापन गरेको छ । गोलबजार नगरपालिका–१२ का २३ वर्षीय युवकको कोरोना संंक्रमणबाट धरान स्थित विपी कोइराला विज्ञान प्रष्ठिान धरानमा गए राति मृत्यु भएको थियो ।
उनको शव सिरहा ल्याएर नेपाली सेनाले व्यवस्थापन गरेको हो । नेपाली सेनाले सम्मान संक्रमणबाट मृत्यु भएका युवकको शव खाल्डो खनेर गाड्दै अन्त्येष्टि गरेको हो ।