TodayPati

महोत्तरीमा विद्युतीय धरापमा परेर नितेशको ज्यान गयो

टुडेपाटी-
महोत्तरी, साउन २२ गते ।

महोत्तरीमा कुखुरा फार्ममा जंगली जनावर नपसून् भनेर थापेको विद्युतीय धरापमा परेर एकजना बालकको ज्यान गएको छ । महोत्तरीको सम्सी गाउँपालिका(५ पोखरभिण्डाका १३ वर्षीय बालक नितेश यादवको ज्यान गएको हो ।

महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टका अनुसार स्थानीय कपीलदेव यादवले आफ्नो कुखुरा फार्ममा जंगली जनावर नपसून् भन्ने हेतुले थापेको विद्युतीय धरापमा परेर उनको छोरा नितेशको मृत्यु भएको छ ।

Sponsored

करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको बिष्टले जानकारी दिए ।

मृतकको शवलाई घरमा ल्याएर राखेको सूचना प्राप्त भएपछि पुगेको प्रहरी टोलीले शवलाई जिल्ला अस्पतालमा पोष्टमार्टम गराई आफन्तको जिम्मा लगाएको र यसबारे अन्य अनुसन्धान भइरहेको विष्टले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *