TodayPati

स्वास्थ्यकर्मी र नेपाली सेनासहति प्रदेश २ मा भेटिए ६३ संक्रमित

टुडेपाटी-
जनकपुरधाम, साउन २२ गते ।

प्रादेशिक अस्पताल जनकपुरका पाँचजना कर्मचारीसहत प्रदेश २ मा बुधबार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशमा ११ महिलासहित ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ समाजिक विकास मन्त्रालयले जनाएको छ ।

सबभन्दा बढी पर्सामा ३९ जनामा कोरोना संक्रमण भेटिएको छ । जसमा वीरगञ्ज महानगरपालिका भित्रका मात्र २३ जना छन् । यस्तै पर्साकै चण्डी प्रसाद गणका ५ र श्रीपुर आर्मी व्यारेकका पाँचजना गरी १० जना नेपाली सेनाका कर्मचारी रहेको मन्त्रालयले जनाएको छ । अन्य भारतीय दुतावास, नारायणी अस्पतालको क्वार्टर, कारागारमा समेत कोरोना संक्रमित भेटिएको छ ।

Sponsored

धनुषामा ९ जना, सर्लाहीमा ८ जना, महोत्तरी र बारामा २।२ जना, सिरहा, सप्तरी र रौतहटमा १।१ जनामा कोरोना संक्रमण भेटिएको सामाजिक विकास मन्त्रालय बरिष्ट चिकित्सक डा. कमलेश प्रसाद यादले जानकारी दिए ।

मन्त्रालयका अनुसार नयाँ संक्रमित फेला पर्ने मध्ये ५ जना प्रादेशिक अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी समेत रहेका छन् ।

यससंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ । बुधबारसम्म यस प्रदेशमा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भइसकेको

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *