पर्सामा बिरामीलाई उपचार नै नगरी फिर्ता पठाउने अस्पताललाई कारबाही गर्ने प्रशासनको चेतावनी
टुडेपाटी-
पर्सा, साउन २२ गते ।
केही दिनदेखि वीरगञ्ज लगायत पर्साका निजी अस्पतालले बिरामीहरुलाई उपचार नै नगरी फिर्ता पठाउन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले त्यस्ता निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रशासनले अब उपरान्त यस्तो गर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको हो । जिल्ला संकट व्यवस्थापन समितिको बैठकले बिरामीको परीक्षण नगरि स्वास्थ्यसँग खेलवाड गर्ने अस्पताललाई कानून बमोजिम कारवाही गर्ने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
जिल्लाका सबै अस्पतालमा छुट्टै आइसोलेसन वार्ड व्यवस्था गर्न प्रशासनले निर्देशन दिएको छ । अस्पतालमा भर्ना भएका बिरामीममा कोभिड–१९ भएको देखिएमा मात्र कोभिड अस्पतालमा रिफर गर्न समेत सूचनामार्फत जानकारी गराएको हो ।