TodayPati

धनुषामा ‘क्रसर डन’ ले खनेको गहिँरो खाल्डोमा डुबेर २२ वर्षीय युवकको मृत्यु

टुडेपाटी-

जनकपुरधाम, साउन २२ गते ।

धनुषाको मिथिला नगरपालिका १ स्थित बसही खोलामा मापदण्ड विपरित ‘क्रसर डन’ ले खनेको गहिरो खाल्डोमा जमेको पानीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

Sponsored

मापदण्डलाई धज्जी उडाउँदै स्थानीय जनप्रतिनिधि, प्रहरी, प्रशासन लगायतको मिलिमतोमा गिट्टी, बालुवा खन्ने क्रममा खोला छेउमै खनेको गहिरो खाल्डोमा नुहाउन पुगेका मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजका २२ वर्षीय अनिल कुमार महतोको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

नुहाउने क्रममा पानीमा डुबेका महतोलाई करिव एक घण्टापछि स्थानीयहरुले पानीबाट गम्भीर अवस्थामा उद्धार गरेका थिए । एम्बुलेन्सबाट रमदैयास्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लिएर जाँदै गर्दा बाटोमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

मृत्तक युवक आफ्नो आमाबुवासँगै पोखरामा बसेर अध्ययन गर्दै आएका थिए । तर कोरोना संक्रमणका कारण कलेज बन्द भएपछि घर फर्केर बस्दै आएको बताइएको छ ।

Sponsored

खोला छेउमा स्काइभेटर लगाएर मापदण्ड विपरित ग्रावेल उत्खनन् गरेको खाल्डो पोखरीमा परिणत भएपछि स्थानीयहरु त्यसमा नुहाउन जाने गरेका छन् । सोही क्रममा अनिल समेत नुहाउन पुगेका थिए । तर खाल्डो धेरै गहिँरो रहेकाले डुबेर उनको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनी डुबेको करिव एक घण्टापछि मात्र उनको गम्भीर अवस्थामा उनको शव भेटिएको थियो ।
शव भेटेको अनिललाई बचाउन नसकिएको उनीहरुको कथन छ । ठूलो र गहिँरो खाल्डो रहेका कारण अनिललाई बचाउन दर्जनौ स्थानीयहरुले पानीमा घण्टौ खोजी गरेपछि भेटाएको थियो ।

अनिलको मृत्युपछि अहिले सो टोल शोकमा डुबेको छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको बताइएको छ । स्थानीयहरुका अनुसार यसअघि बुधवार समेत सोही खाल्डोमा नुहाउने क्रममै डुब्न लागेका एक युवकलाई स्थानीयहरुले उद्धार गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *