TodayPati

कोरोनाको कहर : ढल्केवर कृषि बजार निश्चितकालका लागि बन्द

टुडेपाटी-

जनकपुरधाम, साउन २१ गते ।

कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थितको कृषि हाटबजार अनिश्चितकालका लागि बन्द गरिएको छ ।

Sponsored

पछिल्लो समय मिथिला नगरपालिकाको विभिन्न वडाहरुमा कोरोना संक्रमित व्यक्तिहरु भेटिन थालेपछि उत्तरी भेगकै ठूलो बजारको रुपमा रहेको बढल्केवर कृषि बजार अनिश्चितकालकालागि बन्द गरिएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि अर्को सूचना जारी नहुँदासम्म ढल्केवरको कृषि बजार पूर्णरूपमा बन्द गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक तीर्थकुमार कार्कीले जानकारी दिए ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मिथिला नगरपालिकाले कृषि बजार बन्द गर्ने निर्णय गरेपछि प्रहरीले बजार बन्द गराएको उनले बताए ।

Sponsored

पसल तथा व्यवसायहरुको विषयमा भने कुनै पनि निर्णय नभएकोले ढल्केवरका पसल तथा अन्य व्यवसायहरु तत्काल सञ्चालनमै रहेको प्रहरी निरिक्षक कार्कीको भनाई छ ।

लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *