TodayPati

अयोध्यामा आज राम मन्दिरको भूमि पूजन, प्रधानमन्त्री मोदी आउँदै

टुडेपाटी-

जनकपुरधाम, साउन २१ गते ।

अयोध्यामा राम मन्दिर निमार्णका लागि बुधबार भूमि पूजा हुने हुँदैछ । राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा भगवान रामको मन्दिर निर्माण हुने क्षेत्रमा बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भूमि पूजा हुने जनाएको छ ।

Sponsored

भूमि पूजाका लागि दिउँसो १२ बजेर ३५ मिनेट ३२ सेकेण्डको उत्तम साइत निकालिएको कोषलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अयोध्या जमिन विवादमा सर्वोच्च अदालतको फैसलापति केन्द्र सरकारले कोष बनाएको थियो । मंगलबार बिहान हनुमान गढीमा पूजा गरेर अयोध्यामा मन्दिर निर्माणका लागि विशेष भूमि पूजाको प्रक्रियाको सुरुवात भएको हो ।

कोरोना भाइरसको महामारीका बिच भूमि पुजन गर्न लागेको भनेर आलोचना पनि भइरहेको छ । तर कोषले सामाजिक दूरीसहितका नियम पालना गरिने र १७५ जनाको मात्रै सहभागिता हुने उल्लेख गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *