TodayPati

मधेशको मुख्यमन्त्री कार्यालय अगाडि सारी, चुरा, लहठीलगायतका सामग्री फ्याकेर प्रदर्शन

टुडेपाटी–जनकपुरधाम, साउन २० गते । जनकपुरधाममा दुई साताभन्दा बढी समयदेखि अन्सनमा बसेका चुरे संरक्षण तथा भूमिहीन सुकुम्बासीहरुले मधेश प्रदेश सरकारको विरोधमा प्रदर्शन गरेका छन् । जनकपुरधामको जनकचोकमा १७ दिनदेखि रिले अनसन बस्दै आएका सुकुम्बासी आन्दोलनकारीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले मुख्यमन्त्री र मन्त्रीहरुलाई साडी, चुरा र लहठी दिने भन्दै उनीहरु मुख्यमन्त्री कार्यालयसम्म […]

मधेश प्रदेशमा सर्पदंशको बिगबिगी

टुडेपाटी–जनकपुरधाम, साउन २० गते । गर्मी र वर्षायामा कारण मधेश प्रदेशका जिल्लामा सर्पदंश बढेको छ। अधिकगर्मी र वर्षाको पानीले दुलोहरू पुरिएपछि विषालु सर्पहरू बाहिर निस्किने गरेकाले सर्पदंशको घटनाको वृद्धि भएको हो । औसत रुपमा दैनिक ६ जनाको दरले सर्पदंशका विरामी उपचारको लागि प्रादेशिक अस्पाताल जनकपुरमा आउने गरेका छन्। प्रादेशिक अस्पताल जनकपुरका इमरजेन्सीमा कार्यरत चिकित्सक डा. […]

मधेश प्रदेश : जाली रुपैयाँसहित चारजना पक्राउ

टुडेपाटी-वीरगञ्ज, साउन २० गते। रौतहटमा नक्कली रुपैयाँसहित चारजना पक्राउ परेका छ । मेलामा सामान बेच्ने पसलेहरुलाई रौतहट प्रहरीले २० हजार नेपाली जाली रुपैयाँसहित पक्राउ गरेको छ। प्रहरीले बौधीमाई नगरपालिका-३ जिउताही टोलका सन्तोष पटेललाई नागपञ्चमीको दिन लागेको मेलाबाट पक्राउ गरेको थियो। पटेललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट एक हजार दरको एकवटा जाली नेपाली नोट बरामद […]

जनताको घर भत्काउने जनकपुरधामका पूर्व मेयर-उपमेयरबाट ७ लाख क्षतिपूर्ति तिराउने अदालतको आदेश

टुडेपाटी-जनकपुरधाम, साउन २० गते । जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह र उपप्रमुख रिताकुमारी मिश्रलाई एक व्यक्तिको घर भत्काएको कसुरमा सात लाख रुपैयाँ क्षतिपूर्ति भर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ । उच्च अदालतका कामु मुख्य न्यायाधीश विनोद शर्मा र न्यायाधीश विष्णुप्रसाद कोइरालाको संयुक्त इजलासले उनीहरुमाथि अदालतको अवहेलना गरेको र एक व्यक्तिको घर जानीजानी भत्काउन […]

रौतहटमा मेलामा २० हजार नक्कली नोटसहित ४ पसले प्रहरीको फन्दामा

टुडेपाटी-रौतहट, साउन २० गते । रौतहटमा मेलामा सामान बेच्ने पसलेहरुलाई २० हजार नक्कली नोटसहित ४ जनालाई प्रहरीले पक्राउ गरिएको छ । नेपाली जाली रुपैयाँसहित रौतहट बौधीमाई नगरपालिका ३ जिउताही टोल बस्ने सन्तोष पटेललाई सोही स्थानमा नागपञ्चमीको दिन लागेको मेलाबाट पक्राउ परेको हो । प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट एक हजार दरको […]

धनुषाको ढल्केवर नापी कार्यालय ६ वर्षदेखि कामविहीन, बिनाकाम लाखौं रुपैयाँ खर्च

टुडेपाटी-धनुषा, साउन २० गते । धनुषाको ढल्केबरमा एक यस्तो नापी कार्यालय छ, जहाँ कर्मचारी त छन् तर काम छैन । पूर्व–पश्चिम राजमार्ग छेउमै २० वटा कोठा भएको चिटिक्क परेको दुईतले भवन सरकारले भाडामा लिएर राखिएको नापी कार्यालयका अन्य कार्यालयझै प्रत्येकदिन समयमै कार्यालय खुल्छ । कर्मचारी पनि समयमै हाजिरीका लागि कार्यालय आइपुग्छन् तर उनीहरू कामबिना दिनभर […]

किर्ते गरी नागरिकता लिने सप्तरीकी यी उपप्रमुखविरुद्ध उजुरी

टुडेपाटी-जनकपुरधाम, साउन २० गते । सप्तरीमा किर्ते गरी नेपाली नागरिकता लिएको र गएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको हो । उजुरी प्राप्त भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । ‘उजुरी आएको छ, […]

आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित

टुडेपाटी-काठमाडौं, साउन २० गते । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो । मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन शुक्रबारदेखि रोकिएको हो । […]

‘गर्भमा छोरी रहेको थाहा पाएपछि घरपरिवारले पुनमको हत्या गर्यो’

टुडेपाटी-रौतहट, साउन १९ गते । पाँच महिने गर्भवती महिलाको विभिन्न बहानामा कुटपिट गरी घरपरिवारले हत्या गरेको माइत पक्षले आरोप लगाएको छ ।रौतहटको मौलापुर नगरपालिका ७ संगैया टोलका सियाराम साहको छोरा रविन्द्र साहकी श्रीमती २१ वर्षीया पुनम साहको हत्या घरपरिवारले गरेको माइत पक्षले आरोप लगाएको हो । गत साउन १५ गते बिहान घरमा पासोमा झुण्डेको अवस्थामा […]

मधेश प्रदेश : मेयरले नै गरे नगरपालिकामा तालाबन्दी, दैनिक काम प्रभावित

रासस–बारा, साउन १९ गते । बाराको निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरिएपछि कार्यालयको कार्यसम्पादन प्रभावित भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरुवामा लापरबाही गरेको भन्दै नगरप्रमुख सुरथ पुरीले अनिश्चितकालीनरूपमा तालाबन्दी गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी भएपछि कार्यालयको नियमित कार्य प्रभावित हुँदै आएको छ […]