TodayPati

टुडेपाटी–
जनकपुरधाम, साउन २० गते ।

गर्मी र वर्षायामा कारण मधेश प्रदेशका जिल्लामा सर्पदंश बढेको छ।

अधिकगर्मी र वर्षाको पानीले दुलोहरू पुरिएपछि विषालु सर्पहरू बाहिर निस्किने गरेकाले सर्पदंशको घटनाको वृद्धि भएको हो ।

औसत रुपमा दैनिक ६ जनाको दरले सर्पदंशका विरामी उपचारको लागि प्रादेशिक अस्पाताल जनकपुरमा आउने गरेका छन्।

प्रादेशिक अस्पताल जनकपुरका इमरजेन्सीमा कार्यरत चिकित्सक डा. मुकेश यादवका अनुसार सर्पदंशका विरामी दैनिक ५ देखि ६ जनाको दरले उपचारको लागि आउने गरेका छन्।

गत असार महिनामा १५० जना सर्पदंशका विरामी उपचारको लागि आएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ।

तराई मधेशका जिल्लाहरूमा प्रत्येक वर्ष जेठदेखि असोजसम्म विषालु सर्पको बिगबिगीहुने गरेको र यी महिनाहरूमा सर्प दशंकका बिरामी बढी आउने गरेका डा। यादवले बताए।

प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि आउने अधिकांश संर्पदंशका बिरामी निको भई घर फर्किने गरेको उल्लेख गर्दै डा. यादवले भने, ‘उपचारका लागि समयमै आउने अधिकांश विरामी निको हुन्छ। तर, समयमा स्वास्थ्य उपचार नगराई धामी झाक्रीकहाँ झारफुकको लागि जाने र बिरामीको अवस्थानाजुक भएपछि मात्रै आउने बिरामीलाई उपचार गर्न हामीलाई कठिनाइ हुन्छ।’

गाउँघरमा अझैपनि विभिन्न अन्धविश्वासका कारण सर्पदंशका बिरामीलाई धामीझाँक्रीकहाँ लगिने गरेको घटनाहरू हुदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *