TodayPati

मधेशको मुख्यमन्त्री कार्यालय अगाडि सारी, चुरा, लहठीलगायतका सामग्री फ्याकेर प्रदर्शन

टुडेपाटी–
जनकपुरधाम, साउन २० गते ।

जनकपुरधाममा दुई साताभन्दा बढी समयदेखि अन्सनमा बसेका चुरे संरक्षण तथा भूमिहीन सुकुम्बासीहरुले मधेश प्रदेश सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।

जनकपुरधामको जनकचोकमा १७ दिनदेखि रिले अनसन बस्दै आएका सुकुम्बासी आन्दोलनकारीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

Sponsored

उनीहरुले मुख्यमन्त्री र मन्त्रीहरुलाई साडी, चुरा र लहठी दिने भन्दै उनीहरु मुख्यमन्त्री कार्यालयसम्म पुगेका थिए ।

सुरक्षाकर्मीले रोकेपछि अभियानीहरुले सडकमै सारी, चुरा, लहठी र पेटिकोटलगायतका सामग्रीहरु फ्यालेर सांकेतिक विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले सिरहाको मिर्चैयामा रहेको मारुती सिमेन्टले लिएको वनक्षेत्रको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न ५ बुँदे माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *