TodayPati

टुडेपाटी-
वीरगञ्ज, साउन २० गते।

रौतहटमा नक्कली रुपैयाँसहित चारजना पक्राउ परेका छ ।

मेलामा सामान बेच्ने पसलेहरुलाई रौतहट प्रहरीले २० हजार नेपाली जाली रुपैयाँसहित पक्राउ गरेको छ।

प्रहरीले बौधीमाई नगरपालिका-३ जिउताही टोलका सन्तोष पटेललाई नागपञ्चमीको दिन लागेको मेलाबाट पक्राउ गरेको थियो।

पटेललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट एक हजार दरको एकवटा जाली नेपाली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।

अनुसनधानको क्रममा प्रहरीले मेलामा सामान बिक्री गरिरहेका बौधीमाई नगरपालिका-४ का देवनारायण दास, फुल महम्द र नौसाद आलमलाई पनि १९ हजार नेपाली जाली नोटसहित पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *