सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता

टुडेपाटी-जनकपुरधाम, साउन २२ गते । डा. सीके राउत नेतृत्वको जनमत पार्टी (जपा) निर्वाचन आयोगमा दर्ता भएको छ । आगामी मंसिर ४ गते हुने आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन जनमत पार्टी पहिलो नम्बरमा आयोगमा दर्ता भएको हो । जनमत पार्टीका नेता वीपी साहले जनमत पार्टी निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको जानकारी दिए । […]
बारामा दुई किलो गाँजासहित २ युवक प्रहरी नियन्त्रणमा

टुडेपाटी-बारा, साउन २२ गते । बारामा दुई किलो गाँजासहित २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । बाराको निजगढ नगरपालिका ११ स्थित रतनपुर तामागढी सडकखण्डबाट उनीहरुलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी रतनपुरबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका ११ रतनपुर तामागढी सडकखण्डस्थित जंगलबाट निजगढ नगरपालिका १२ रामथलीका का ३० वर्षीय विजय तमाङ […]
सप्तरीमा लागूऔषध कारोबार र सेवन गर्ने १४१ जना पक्राउ

टुडेपाटी-सप्तरी, साउन २२ गते । सप्तरीमा एक वर्षको अवधिमा १४१ जना लागूऔषध कारोबार तथा सेवन गर्ने पक्राउ परेका छन् । आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाका विभिन्न ठाउँबाट २४० ग्राम ब्राउन सुगरसहित ६ हजार २५७ नाइट्रोभेट, ६६३ नाइट्रोजन र १२ नाइट्राजेफान ट्याबलेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा फेराएगन एम्पुल […]
बर्दिवास मेडिकल कलेजको प्रस्तावित जग्गा स्थलगत अनुगमनमा महान्यायाधिवक्ता खाती

टुडेपाटी-महोत्तरी, साउन २२ गते । बर्दिबास मेडिकल कलेजको प्रस्तावित जग्गामा महान्यायाधिवक्ता खम्मबहादुर खातीले स्थलगत अनुगमन गरेका छन् । नगरप्रमुख प्रह्लाद क्षेत्रीको अनुरोधमा प्रस्तावित जग्गा माइस्थान सामुदायिक वनमा शनिबार उनले अनुगमन गरेका हुन् । अनुगमनको क्रममा महान्याधिवक्ता खातीले जनताको चाहनाअनुसार नै फैसला हुनेमा विश्वास व्यक्त गरे । नगरप्रमुख प्रह्लाद क्षेत्रीले महान्यायाधिवक्ताले प्रस्तावित जग्गाको अनुगमन गरेको सकारात्मक […]
जनकपुरमा सीमा सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, डीएमदेखि सीडीओसम्मको सहभागिता

टुडेपाटी-जनकपुरधाम, साउन २२ गते । जनकपुरमा नेपाल-भारतका सुरक्षाकर्मीबीच सीमा सुरक्षाको विषयमा बैठक सम्पन्न भएको छ । जिल्ला सीमा सुरक्षा समन्वय समितिको शनिबार जनकपुरधाममा बसको बैठकमा सीमा सुरक्षाका निम्ति चालिने विभिन्न कदमबारे छलफल भएको हो । शनिबार जनकपुरधाममा बसेको बैठकले सीमामा हुने अपराध, लागुऔषध ओसारपसार, सीमा स्तम्भको अवस्थालगायतको विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र […]
सिरहाको सौर्य सिमेन्ट उद्योगमा समाचार संकलन गर्न पुगेका दुई संचारकर्मीमाथि निर्घात कुटपिट

टुडेपाटी-सिरहा, साउन २२ गते । सिरहाको मिर्चैया नगरपालिकामा सञ्चालित रहेको सौर्य सिमेन्ट उद्योगमा भइरहेको आन्दोलनको समाचार संकलनमा पुगेका संचारकर्मीहरुमाथि निर्घात कुटपिट भएको छ । उद्योग संचालककै निर्देशनमा प्रहरीले सिरहाको कर्जन्हा स्थित रेडियो गंगाजलका समाचार वाचक चन्द्रदीप ठाकुर र सम्वाददाता अरविन पासमान माथि निर्घात कुटपिट गरेको हो । निर्घात कुटपिटबाट घाइते भएका दुबैजना सञ्चारकर्मीको कर्जन्हा स्थित […]
धनुषा प्रहरीले मानिस पक्राउको विषयमा गरे गलत सूचना सम्प्रेसन

टुडेपाटी– जनकपुरधाम, साउन २१ गते । धनुषा प्रहरीले मानिस पक्राउको विषयमा गलत सूचना सम्प्रेसन गरेको पाइएको छ । बिगो मुद्दामा धनुषा जिल्ला अदालतबाट ५३ हजार रुपैयाँ जरिवाना सजाय पाएर फरार भएको भन्दै धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ निवासी ५० वर्षीय मनोजकुमार सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार प्रेस विज्ञप्ती जारी गरेको थियो ।जिल्ला प्रहरी कार्यालय […]
सप्तरी क्षेत्र नं. २ (ख) बाट उम्मेदवारी दिने महेश प्रसाद यादवको घोषणा

शुभ नारायण यादव–सप्तरी, साउन २१ गते । संघ र प्रदेशको चुनाव मिति घोषणा भएसँगै सप्तरीमा उम्मेदवारहरुले आफ्नो उम्मेदवारीको घोषणा गर्न थालेका छन् । नेकपा (माओवादी केन्द्र) का युवा नेता महेश प्रसाद यादवले सप्तरी निर्वाचन क्षेत्र नं. २ (ख)बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । समाजमा विकासको कयापलट ल्याउन राजविराज सदमुकाम रहेको क्षेत्रबाट प्रदेश सभा सदस्यका […]
जनकपुरधाममा नेपाल–भारत सीमा जिल्ला सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, यस्तो छ निर्णय

टुडेपाटी–जनकपुरधाम, साउन २१ । जनकपुरधाममा नेपाल र भारतका सुरक्षाकर्मीहरुबीचको बैठक सम्पन्न भएको छ । शनिवार जनकपुरधाम स्थित होटेल सिताशरणमा बसेको सीमा जिल्ला सुरक्षा समन्वय समितिको बैठकले सीमामा हुने अपराध, लागूऔषध ओसारपसार, सीमा स्तम्भको अवस्था लगायतको विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पौडेलले यो नेपाल र भारतका […]
कोरोनाबाट एकजनाको मृत्यु, थप ६६० जनामा संक्रमण

टुडेपाटी–काठमाडौं, साउन २१ गते । कोरोना संक्रमणबाट नेपालमा थप एकजनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ६८२ परीक्षणमा ६६० जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा […]