सप्तरी क्षेत्र नं. २ (ख) बाट उम्मेदवारी दिने महेश प्रसाद यादवको घोषणा
शुभ नारायण यादव–
सप्तरी, साउन २१ गते ।
संघ र प्रदेशको चुनाव मिति घोषणा भएसँगै सप्तरीमा उम्मेदवारहरुले आफ्नो उम्मेदवारीको घोषणा गर्न थालेका छन् ।
नेकपा (माओवादी केन्द्र) का युवा नेता महेश प्रसाद यादवले सप्तरी निर्वाचन क्षेत्र नं. २ (ख)बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
समाजमा विकासको कयापलट ल्याउन राजविराज सदमुकाम रहेको क्षेत्रबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् ।
स्थानिय युवाहरुसंग कुरा गर्दै यादवले अहिले सम्म नेताहरुले जिल्लामा उल्लेख्य काम गर्न नसेकेको प्रति असंतुष्टि व्यक्त गर्दै जनताले विकासको कयापलट हुने गरी परिर्वतन ल्याउन आफुले उम्मेदावारी दिन लागेको बताए ।
यादवले ‘जिल्लाको सदमुकाम राजविराज नगरपालिकाको अवस्था हाल सम्म विकसित हुन नसकेको तथा गाउँघरको अवस्था गए गुज्रेकोमा अहिले राजनितिलाई ब्यापार सम्झेकोले त्यसलाई काउण्टर दिन आफ्नो उम्मेदवारी रहेको बताए ।
Sponsored
राजविराज नगरपालिका र महादेवा गापाको वडा नं. १ पकरी,तथा वडा नं. ३ बथनाहा सप्तरीको निर्वाचन क्षेत्र नम्वर २ को (ख) मा पर्दछ ।