महोत्तरीमा हरिणको आक्रमणबाट वृद्धाको मृत्यु
टुडेपाटी-महोत्तरी, साउन २४ गते । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका ८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न जाने आएको हरिणले […]
बर्दिवासमा एकातिर करार शिक्षकको आन्दोलन, अर्कोतिर पदपूर्तिका लागि विज्ञापन

टुडेपाटी-महोत्तरी, साउन २४ गते । महोत्तरीको बर्दिबास नगरपालिकाले करार शिक्षक पदमुक्त गरेपछि आन्दोलन चर्कंदै गएको छ । नगरले करारमा कार्यरत ६२ जना शिक्षकलाई पदमुक्त गरेपछि मेयर प्रह्लाद क्षेत्रीलाई ज्ञापनपत्र बुझाउनुका साथै चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । राजनीतिक दलहरुले पनि करार शिक्षकलाई हटाउन नहुने धारणा सार्वजनिक गरेका छन् । सोमबार बसेको सर्वदलीय बैठकले करारका शिक्षकलाई पुनर्वाहली […]
मधेस प्रदेश : कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

टुडेपाटी-रौतहट, साउन २४ गते । पूर्वाधार विकास कार्यालय रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इञ्जिनियर शिवजी प्रसाद रायसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ६ मलघट्टा चोकदेखि गोडैता नगरपालिकाको रामवन चोकसम्म सडकको स्तरोन्नति गर्नका लागि विनियोजन भएको रकम हिनामिना गरेको आरोपमा रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इञ्जिनियर राय, इञ्जिनियर […]
मधेशमा आएर ओलीले भने, ‘तराईको डुबानबारे मैले भारतसँग वार्ता गरें, अहिलेको सरकारले केही गरेन’

टुडेपाटी–रौतहट, साउन २३ गते । तराई मधेसमा हुने डुबान समस्या समाधानका लागि आफूले भारतसँग कुरा गरेको तर अहिलेको सरकारले केही गर्न नसकेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफूले भारतसँग कुरा गरेपछि दुई देशको संयुक्त टोलीले निरीक्षण गरेको भन्दै रौतहटमा भएको कार्यक्रममा उनले भने, ‘गौरकोे डुबानको समस्या […]
मधेश प्रदेश : मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु

टुडेपाटी–जनकपुरधाम, साउन २३ गते । मोटरसाइकलको ठक्करबाट सप्तरीमा एक युवकको मृत्यु भएको छ । आइतवार साँझ दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका युवकको उपचारको लागि अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सप्तरीको शम्भुनाथ नगरपालिका ३ बस्ने २५ वर्षीय बिकी चौधरीको मृत्यु भएको […]
सप्तरीको बरहि बिरपुरबाट मिथिला देवघर साइकल यात्रा शुभारम्भ हुने

शुभ नारायण यादव–सप्तरी, साउन २३ गते । ‘सौसे मिथिला एके टोल, मैथिली जकर मायक बोल’ नाराकासाथ मिथिला देवघर साइकल यात्राको शुभारम्भ हुन लागेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. १ बरहि बिरपुरमा मिलाफ नेपालकी अध्यक्ष रमिला साहको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत ‘मिथिला बोल बम अभियान ः देवघर साइकल यात्रा २०७९’ को आयोजना […]
सप्तरीमा चन्द्रनहर भत्किँदा नगरपालिका डुबानमा

रासस–सप्तरी, साउन २३ गते । अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसीचोकस्थित मुलुककै जेठो चन्द्रनहर भत्किएको छ । नगरपालिकाको अमाहा जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहर भत्काएको –२ का वडाध्यक्ष जाहिर हुसेनले बताउनुभयो । वडाध्यक्ष हुसेनका अनुसार अविरल वर्षाका कारण खहरे खोलाबाट आएको बाढीले नहर भत्किएको र अधिकांश वडा डुबानमा परेको […]
पाँचवटा गाडी एक–अर्कासँग ठोक्किदा १५ विद्यार्थी घाइते

टुडेपाटी–काठमाडौं, साउन २३ गते । पाँचवटा गाडी एक आपसमा ठोकिदा १५ जना विद्यार्थी घाइते भएका छन् । मकवानपुरको हेटौंडामा पाँच वटा सवारीसाधन ठोकिएको हो । सोमबार बिहान करिब ९ बजे हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। स्कुल बस, ट्रक, ट्यांकर, कार र […]
सिरहाबाट लागूऔषधसहित एक जना प्रहरीको फन्दामा

टुडेपाटी-जनकपुरधाम, साउन २३ गते । सिरहामा अवैध लागूऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका ८ बस्ने ३४ वर्षीय अर्जुनकुमार महतो रहेका छन् । ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका २० गोल्छारीबाट आइतबार महतोलाई शंका लागि चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ […]
मधेश प्रदेश : ठूलो परिमाणमा लागूऔषधको कारोबार गर्ने दुई युवक प्रहरीको फन्दामा

टुडेपाटी–सिरहा, साउन २३ गते । सिरहामा ठूलो मात्रामा लागूऔषधको कारोबार भइरहेको स्थानबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका वडा नं. १ का ३० वर्षीय दिलिप साह र वडा नं. ७ का २८ वर्षीय गोपाल दास रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। लहान ३ अस्पताल चोकस्थित सगरमाथा होटल लजको कोठामा […]