सप्तरीको बरहि बिरपुरबाट मिथिला देवघर साइकल यात्रा शुभारम्भ हुने
शुभ नारायण यादव–
सप्तरी, साउन २३ गते ।
‘सौसे मिथिला एके टोल, मैथिली जकर मायक बोल’ नाराकासाथ मिथिला देवघर साइकल यात्राको शुभारम्भ हुन लागेको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. १ बरहि बिरपुरमा मिलाफ नेपालकी अध्यक्ष रमिला साहको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत ‘मिथिला बोल बम अभियान ः देवघर साइकल यात्रा २०७९’ को आयोजना गरिएको जनाएको हो ।
मैथिली भाषा, साहित्य, कला–संस्कृतिक व्यापक प्रचार–प्रसार तथा जन–जागरणको उद्देश्यले सप्तरीदेखि भारतको देवघरक सम्म ‘देवघर साइकल यात्रा २०७९’ मंगलबारदेखि शुभारम्भ गर्ने जनाइएको छ ।
छिन्नमस्ता गाउँपालिका वडा नं. १ बरहि विरपुर स्थित भोला बाबाको मन्दिर दर्शन गरि राजविराज स्थित राजेश्वरी राजदेवी मन्दिर हुँदै प्रसिद्ध शक्तीपीठ छिन्नमस्ता सख्ड़ेश्वरीको दर्शन गर्दै बैद्यनाथधामको लागि २२ जना साइकल यात्री देवघर प्रस्थान गर्ने देवघर टोलिका सुभाष बिरपुरियाले जानकारी दिए ।
झण्डै ३३८ किलोमीटरको दूरीमा रहेको देवघर यात्राका लागि १० दिन अगाडि देखि नै समय निर्धारण गरिएको जनाएको छ ।
Sponsored
छिन्नमस्ता गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष ललन प्रसाद यादवद्वारा बोलबमको कपड़ा सहयोग गरिएको छ भने मिलाफ अध्यक्ष रमीला साहद्वारा यात्रीहरुलाई हस्तान्तरण गरिएको हो ।
त्यस्तै यात्रीहरुको प्राथमिक उपचारको लागि फूलो देवी यादवद्वारा स्वास्थय सामाग्री प्रदान गरिएको छ ।
मिथिला साहित्य–कला प्रतिष्ठान नेपालको आयोजना तथा छिन्नमस्ता गाउँपालिकाको समन्वय, एव मिलाफ नेपालका सह–सचिव शुभाष विरपुरियाको संयोजनमा मिलाफ संस्थापक सदस्यहरु गजेन्द्र गजुर तथा सरोज विरपुरियाक सह–संयोजनमा यो यात्रा हुने जनाएको छ । ।
यो भन्दा पहिला नेपालेमा पहिलो पटक सामूहिक रूपमा यी टीमद्वारा ‘मिथिला देवघर साइकल यात्रा’ २०७६ मा आयोजन गरिएको थियो । विगत २/३ वर्षदेखि कोरोनाका कारणले निरन्तरता दिन नसकेपनि पुन यस वर्ष देखि शुरुवात गरेको संयोजक सुभाष बिरपुरियाले जानकारी दिए ।