मधेश प्रदेश : मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु
टुडेपाटी–
जनकपुरधाम, साउन २३ गते ।
मोटरसाइकलको ठक्करबाट सप्तरीमा एक युवकको मृत्यु भएको छ ।
आइतवार साँझ दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका युवकको उपचारको लागि अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सप्तरीको शम्भुनाथ नगरपालिका ३ बस्ने २५ वर्षीय बिकी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीषक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
रुपनी गाउँपालिका २ पिप्राही चौक स्थित राजबिराज रुपनी सडक खण्डमा रुपनीबाट राजबिराजतर्फ जाँदै गरेको बा ८५ प ६१९६ नम्बरको मोटरसाइकलले बिपरीत दिशाबाट आउँदै गरेको स २ प ८१६७ नम्बरको मोटरसाइकल ठक्कर खाँदा स २ प ८१६७ नम्बरको मोटरसाइकलमा सवार युवक घाइते भएका थिए ।
दुबै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको तथा अर्का मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेका छन् । यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Sponsored