TodayPati

मधेशमा आएर ओलीले भने, ‘तराईको डुबानबारे मैले भारतसँग वार्ता गरें, अहिलेको सरकारले केही गरेन’

टुडेपाटी–
रौतहट, साउन २३ गते ।

तराई मधेसमा हुने डुबान समस्या समाधानका लागि आफूले भारतसँग कुरा गरेको तर अहिलेको सरकारले केही गर्न नसकेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफूले भारतसँग कुरा गरेपछि दुई देशको संयुक्त टोलीले निरीक्षण गरेको भन्दै रौतहटमा भएको कार्यक्रममा उनले भने, ‘गौरकोे डुबानको समस्या मैले देखेको छु, यहाँको यो समस्या समाधानका लागि मैले भारतका प्रधानमन्त्रीसँग वार्ता गरेको छु, दुई देशको संयुक्त टोलीले यहाँ निरीक्षण गरेको छ ।’

Sponsored

सीमा क्षेत्रमा भारतले जमिन उकासेर पक्की सडक बनाएका कारण पानीको निकास बन्द भएर सीमा क्षेत्रमा नेपालको भूमि बर्सेनी डुबानमा पर्ने गरेको छ ।

ओलीले भने, ‘कैलालीमा डुबानमा छ, गौरमा डुबान छ, अरु विभिन्न ठाउँमा डुबान छ । त्यो डुबानको समस्या समाधान हुनैपर्छ, पानीलाई स्वतन्त्र रुपमा बग्न दिनुपर्छ भनेर मैले भारतसँग कुरा गरेको छु, अहिलेको सरकारको त केही क्षमता रहेनछ ।’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *