गृहद्वारा मिटरब्याज पीडितहरूलाई ५ भदौभित्र प्रमाणसहित उजुरी दिन आग्रह

टुडेपाटी–काठमाडौँ, साउन २८ गते । गृह मन्त्रालयले मिटरब्याजबाट पीडित भएकाहरुलाई भदौ ५ गतेभित्र आ–आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न आग्रह गरेको छ । केही समययता तराई मधेशको जिल्लामा मिटरब्याजका कारण पीडित हुनु परेको घटना सार्वजनिक भएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सूचना जारी गरेको छ। काठमाडौँस्थित माइतीघरमा नवलपरासी पश्चिम प्रतापपुरका केही […]
भोलीदेखि मधेश सरकार संघ सरकारविरुद्ध आन्दोलन गर्ने

टुडेपाटी–जनकपुरधाम, साउन २८ गते । मधेश प्रदेश सरकारले प्रहरी समायोजन नगरेको भन्दै संघीय सरकारविरुद्ध भोलीदेखि आन्दोलन गर्ने भएको छ । पहिलो चरणको आन्दोलन अन्तर्गत प्रदेश सरकारले प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने मधेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए । मन्त्री साहले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलनको घोषणा गरेका हुन् । […]
मधेश प्रदेशका ३९ वटा पालिकाले बुझाएनन् बजेट विवरण, कारबाही हुन्छ ?

टुडेपाटी-वीरगञ्ज, साउन २८ गते । आर्थिक वर्ष २०७९/८० का लागि मधेश प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेस गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मत्रालयका अनुसार मधेश प्रदेशमा कुल १३६ पालिका रहेकामा सो सङ्ख्यामा स्थानीय तहले बजेट विवरण पेस नगरेका पाइएको हो । मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये […]
सिरहामा जंगली हात्ती आतंक : ७ घर भत्काए, वर्षातमा पीडितको बिच्चली

टुडेपाटी-सिरहा, साउन २८ गते । सिरहामा जंगलबाट भागेर आएका दुई वटा हात्तीले ७ घर भत्काएका छन् । शुक्रबार राति हात्तीले माटोले लेपेको र फुसको छानो भएका लहान नगरपालिका १५ सिसवनी र मोहनपुर गाउँका घरहरु भत्काएका हुन् । स्थानीय लक्ष्मी सदाय, शिवकुमारी सदाय, राम सदाय, श्याम कुमार सदाय, दिपेन सदाय, सरोज सदाय र कपले यादवका घर […]
पारिवारिक विवादमा अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु

टुडेपाटी-मोन्टेनेग्रो, साउन २८ गते । मोन्टेनेग्रोमा एउटा पारिवारिक विवादपछि गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । आक्रमणकारीले एउटै परिवारका तीन जनाको गोली हानेर हत्या गरेका छन् । सोही घरमा बस्ने एक महिला र उनका दुई सन्तानको पनि हत्या गरेका छन् । एक सर्वसाधरणले बन्दुकधारीलाई गोली हानेर हत्या गरेपछि आक्रमण शृंखला रोकिएको थियो । […]
महोत्तरीमा चोरीको सालको काठ कुखुराको खोरमा

टुडेपाटी-महोत्तरी, साउन २८ गते । सुदूर उत्तरी चुरे काखको बस्तीमा प्रहरीले कुखुराको खोरमा लुकाइ राखिएको चोरी कटानको साल (साखु) को काठ बरामद गरेको छ । बर्दिबास नगरपालिका–११ खयरमारा बस्तीका हीरालाल योञ्जनको कुखुराको खोरमा चिरान गरी ३२ वटा कडी बनाइएको ३५.३८ क्यूबीक फिट सालको काठ बरामद गरिएको प्रहरीले जनाएको हो । बरामद काठको मूल्य करिब रु […]
नागरिकता विधेयक फिर्ता भए देशभर जनविद्रोह हुने मन्त्री महतोको चेतावनी

जितेन्द्रप्रसाद सिंह-जनकपुरधाम, साउन २८ गते । मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले नागरिकता संशोधन विधेयक प्रमाणीकरण नभई फिर्ता भए देशभर जनविद्रोह हुने चेतावनी दिएका छन् । धनुषाको उत्तर पश्चिमी क्षेत्र बटेश्वर गाउँपालिका वडा नं.१, चित्रपुरस्थित लवकुश बजारमा शनिवार बिहान लवकुश मेलाको उद्घाटन गर्दै मन्त्री महतोले भने,“करिव दुई सातादेखि विचाराधीन अवस्थामा रहेको नागरिकता […]
निहारिकाद्वारा राष्ट्रपति निवास अगाडि आत्मदाह गर्ने प्रयास

टुडेपाटी-काठमाडौं, साउन २७ । निहारिका सिंह राजपुतले राष्ट्रपति निवास अगाडि आत्मदाह गर्ने प्रयास गरेकी छन् । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएपछि प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्रेको छ । […]
मधेश प्रदेश ः श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

टुडेपाटीपर्सा, साउन २७ गते । श्रीमतीको हत्या आरोपमा पर्सामा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२३ का दिनेश प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । २६ वर्षका दिनेशले २३ वर्षीया पत्नी प्रतिमा कुमारी यादवको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शुक्रवार विहान बीरगञ्ज–२३ ईटियाही टोलमा दिनेशले […]
नागरिकता बिधेयक अबिलम्ब प्रमाणीकरण गर्न राष्ट्रपतिसँग आग्रह

टुडेपाटी-काठमाडौं, साउन २७ गते । दुबै सदनबाट पास भएको नागरिकता बिधेयक अबिलम्ब प्रमाणीकरण गर्न नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । पार्टीको प्रदेश कार्यालय जनकपुरधाममा बसको बैठकले राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक अबिलम्ब प्रमाणिकरण गर्न आग्रह गरेको हो । राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक […]