TodayPati

टुडेपाटी–
काठमाडौँ, साउन २८ गते ।

गृह मन्त्रालयले मिटरब्याजबाट पीडित भएकाहरुलाई भदौ ५ गतेभित्र आ–आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न आग्रह गरेको छ ।

केही समययता तराई मधेशको जिल्लामा मिटरब्याजका कारण पीडित हुनु परेको घटना सार्वजनिक भएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सूचना जारी गरेको छ।

काठमाडौँस्थित माइतीघरमा नवलपरासी पश्चिम प्रतापपुरका केही यस्तै पीडितहरू न्याय माग्दै धर्नामा रहेको विषय पनि वार्ताबाट सुल्झाउने कार्य भइरहेको जानकारी दिँदै देशका अन्य स्थानमा पनि यस्तै घटान भएको भए उजुरी गर्न मन्त्रालयले सूचना जारी गर्दै आग्रह गरेको हो।

गृहले भदौ ५ गतेभित्र आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा यथासम्भव बढी तथ्यसहित उजुरी दर्ता गराउन आग्रह गरेको छ ।

देशैभर मिटरब्याजीको जालो फैलिएको हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै गृहले यस्तो आग्रह गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *