TodayPati

टुडेपाटी–
जनकपुरधाम, साउन २८ गते ।

मधेश प्रदेश सरकारले प्रहरी समायोजन नगरेको भन्दै संघीय सरकारविरुद्ध भोलीदेखि आन्दोलन गर्ने भएको छ ।

पहिलो चरणको आन्दोलन अन्तर्गत प्रदेश सरकारले प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने मधेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए ।

मन्त्री साहले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

एक साता अगाडि प्रदेश प्रमुख हरिशंक मिश्र मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएपनि सरकारले प्रहरी समायोजनमा चासो नलिएको उनले बताए ।

आन्दोलनको पहिलो चरण अन्तर्गत भोली देखि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा प्रदेश सरकारका म्रन्त्रीहरु, सांसदहरु, नागरिकसमाजका अगुवाहरुले धर्ना दिने उनले बताए ।

एक हप्तामा पनि संघीय सरकारले प्रहरी समायोजन नगरे दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *