वीरगञ्जमा २ चिकित्सकसहित थप ४४ जनामा कोरोना संक्रमण, मास ट्रेसिङ हुँदै
टुडेपाटी-
बीरगञ्ज, साउन १६ गते ।
बीरगञ्जमा थप ४४ जनामा कोरोना भाइरस पोजिटिभ पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गएराति परीक्षण गर्दा २ जना चिकित्सकसहित थप ४४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
नारायणी अस्पतलाका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। मदनकुमार उपाध्यायका अनुसार कन्ट्र्याक्ट ट्रेसिङमा २ जना चिकित्सकसहित ११ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा २ जना चिकित्सकसहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुईजना बारा र एकजना रौतहटका छन् ।
नारायणी अस्पतलामा डायलसिस गराउने ३ जना मृगौला विरामीमा पनि कोरोना पोजिटिभ देखिएको छ । नारायणी अस्पतलाका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।मदनकुमार उपाध्यायका अनुसार यहाँको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा १२ महिलासहित ४४ जनामा कोरोना संक्रमण देखिएको हो ।
Sponsored
कन्टयाक्ट ट्रेसिङमा दुईजना चिकित्सकसहित ११ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ । संक्रमित स्वास्थ्यकर्मी नारायणी अस्पतालको आइसियु, मेडिकल र ओपडी विभागका हुन् । एडभान्स मेडिकेयर र अन्य अस्पतालका स्वाथ्यकर्मीमा समेत संक्रमण देखिएको छ ।
यसैगरी वीरगन्जको दुईवटा औषधि उद्योगका ४ जना कर्मचारीमा संक्रमण देखिएको छ । गत आइतबार रेल्वे स्कुलमा गरिएको मास ट्रेसिङबाट १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मास ट्रेसिङमा पोजिटिभ आएका दुईजनामा ज्वरो र खोकीको लक्षण देखिएको छ । संक्रमित ४४ जना मध्ये दुईजनाले आफ्नै पैसामा परीक्षण गराएका थिए ।
यो महिनामा मात्र पर्सामा २ सय ४६ जनामा संक्रमण पुष्टि हुँदा १० जनाको मृत्यु भएको छ ।