TodayPati

मोटरसाइकल चालकबाट घुस लिएका ट्राफिक प्रहरी लक्षमण महतो सहित तीन प्रहरी निलम्बनमा

टुडेपाटी-

हेटौँडा, साउन १६ गते ।

प्रहरी आचरण र अनुशासन विपरित काम गर्ने तीनजना प्रहरी निलम्बनमा परेका छन् । प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको हो ।

Sponsored

प्रहरी कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेपछि तीनैजना प्रहरी निलम्बनमा परेका हुन् ।

यसअघि रु १२ हजार घुस सेवाग्राहीसँग लिएको आरोपमा प्रहरी निरीक्षक रामवालक राय यादवलाई कारवाही गरिएको थियो ।

निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकाश जैशी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र मल्ल, इलाका प्रहरी कार्यालय मनहरिमा कार्यरत प्रहरी जवान अजय महतो र ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी जवान लक्ष्मणकुमार महतो रहेको छन् ।

Sponsored

प्रहरीको विशेष टोलीले उनीहरुलाई सवारी चालकसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *