TodayPati

हाकिमसंग घुम्न नजाँदा जनकपुर खानेपानी संस्थानकी महिला कर्मचारीको तलब रोकियो

टुडेपाटी-
जनकपुरधाम, साउन १२ गते ।

खानेपानी संस्थान जनकपुरकी एक महिला कर्मचारीले कार्यलय प्रमुखसंग घुम्न नजाँदा आफ्नो एक महिनाको तलब नदिएको आरोप लगाएकी छन् । खानेपानी संस्थान जनकपुरका प्रमुख निरन महर्जनले पटक पटक जागिरबाट पटक पटक निकालिदिने धाकधम्की दिनुको साथै एक महिनाको तलब समेत रोकेको कार्यालयकी कम्प्युटर अपरेटर बबिता झाले आरोप लगाएकी छन् ।


‘हाकिम साहबले मलाई पटक–पटक घुम्न जान भन्नु भयो । महिले कहिल्यै घुम्न जाने स्वीकार गरिन । त्यसको परिणाम पटक पटक अन्य कर्मचारी मार्फत जागिरबाट निकालिदिने धम्की दिनुभयो । म कहिल्यै डराइन’ कर्मचारी झाले टुडेपाटी संग भनिन् ‘म डिप्रेशनको बिरामी हुँ । एकल महिला हुँ । कार्यालयबाट विदा लिएर उपचार गरराउन भारतको दिल्ली गएकी थिएँ । आज त्यहि निहुमा उहाँले मेरो तलब रोक्नु भएको छ ।’

Sponsored

झा झण्डै १२ वर्षदेखि खानेपानी संस्थान जनकपुरमा करारमा कार्यरत्त कर्मचारी छिन् । उनी गएको चैत ५ गते डिप्रेशनको उपचार गराउन भारतको दिल्ली गएकी थिइन् । उत्ताबाट उपचार गराएर फर्किने बेला नेपालमा लकडाउन हुँदा आफुलाई क्वारेन्टाइनमा केहि दिन क्वारेन्टइनमा बस्नु परेको , तर उक्त तलब काटेर दिन समेत कार्यालय प्रमुख महर्जनले दिन नमानेको कर्मचारी झाको गुनासो ।
‘पटक पटक संगै घुम्न जान हाकिमले गरेको प्रस्ताव नमान्दा आज आएर म जस्ती एकल महिलाको तलब नै रोक्नु भएको छ । जवकी म दिल्ली उपचार गराउन जाँदा समेत मैले गर्नुपर्ने काम अनलाईनबाट गरेकी थिएँ ।’ कर्मचारी झाले भनिन् ।

कार्यालय प्रमुख महर्जन अन्य ठाउँमा काम गरेको अफिसबाट हाकिमको नियत ठीक नरहेको र महिला कर्मचारीहरु नराम्रो व्यवहार गर्ने गरेको कुरा जानकारी आएको उनले बताइन् ।
आफ्नो तलब रोकेको भन्दै कर्मचारी झाले साउन २ गते जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यालय प्रमुख महर्जन विरुद्ध उजुरी दिएकी हुन् ।

यता कार्यालय प्रमुख महर्जनले आफुमाथि कर्मचारी झाले लगाएको घुम्नजाने प्रस्तावसम्बन्धी आरोप निराधार रहेको दावी गरे । ‘कर्मचारी झालाई मैले कहिल्यै संगै घुम्न जाउँ भन्ने प्रस्ताव गरेको छैन । यदि छ भने उसंग केहि प्रमाण होला नि !’, कार्यालय प्रमुख महर्जनले टुडेपाटीसंग भने ‘कर्मचारी झा उपचार गराउन दिल्ली गएकी थिइन् । आएपछि क्वारेन्टाइनमा बसिन् । काम नगरेको अवधिको तलब कसरी दिने । सरकारी अफिस विधि प्रक्रियाले चलेको हो । तलब नियमसंगत रुपले मात्र दिन मिल्छ ’

Sponsored

तलब माग्दै कर्मचारी झाले जिल्ला प्रशासनमा दिएको निवेदनमा समेत कार्यालय प्रमुखको विषयमा आपतिजनक व्यहोराहरु उल्लेख भएको प्रशासन कार्यालयले जनाएको छ । ‘कर्मचारी झाले निवेदन दर्ता गराएकै दिन मैले कार्यालयप्रमुख महर्जनलाई फोन गरे । तर फोन उठाउनु भएन ।’ जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रले भने ‘त्यो विनेदनको विषयमा के कसो छ भन्ने कुरा जिल्ला प्रशासन कार्यालयले सुनुवाई गर्छ ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “हाकिमसंग घुम्न नजाँदा जनकपुर खानेपानी संस्थानकी महिला कर्मचारीको तलब रोकियो

  • July 27, 2020 at 7:30 am
    Permalink

    office ko photo sidha khichinu parny

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *