TodayPati

पर्सामा निषेधाज्ञापछि बढ्दै गए संक्रमित, आइसोलेसनको अभावमा २८ संक्रमित घरमै

टुडेपाटी-

पर्सा, साउन १२ गते ।

पर्सामा यही साउन ७, ८, ९ र १० गते स्वाब संकलन गराएका मध्ये २ महिला स्वास्थ्यकर्मीसहित ७ जना स्वास्थ्यकर्मी र १२ जना स्थानीय कोरोना संक्रमित थपिएका छन् ।

Sponsored

नयाँ थपिएका कोरोना संक्रमितमध्ये पर्सागढी क्वारेन्टिनमा खटिएका २ जना महिला र ३ जना पुरूष स्वास्थ्यकर्मी छन् भने नारायणी अस्पताल र गण्डक कोभिड अस्थायी अस्पतालका ११ जना स्टाफ संक्रमित भएका हुन् ।

यसैगरी वीरगंज ६ माइस्थानका ३ जना बहुअरी १४ का २ जना, राधेमाइ वडा नम्बर ११, छपकैया २, मिथिलानगर १६, आददर्शनगर १० र पर्सागढीको एकरएक जना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये ९ जनाले आफैं पैसा तिरेर पिसिआर टेष्ट गराएका नारायणी अस्पतालले जनाएको छ ।

Sponsored

कोरोना संक्रमित समुदायमा फैलिएको भन्दै निषेधाज्ञा जारी भएकै बेला अहिले संक्रमितहरू फेला पर्दै गएका हुन् । कोरोना संक्रमित बढ्दै गएपछि वीरगंजमा आइसोलेसनको अभाव भएको छ ।

२८ जना संक्रमित घरमै छन् भने ५४ जना कोभिड अस्पताल गण्डकमा उपचाररत छन् ।अहिले संक्रमण फेला परेकालाई कहाँ राख्नेबारे कुनै निचोड ननिस्केको चिकित्सकहरूको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *