TodayPati

जसपा जनकपुरका युवा नेता यादवमाथि अभद्र व्यवहार मुद्दा दर्ता

टुडेपाटी-
जनकपुरधाम, साउन ११ ।

महिला माथि अभद्र व्यवहार गरेको आरोपमा जनता समाजवादी पार्टीका स्थानीय युवा नेता नविन यादवमाथि सार्वजनिक अपराधको मुद्दा दर्ता भएको छ ।

जनकपुरधामको शिव चोकस्थित एक क्याफेमा कार्यरत महिलामाथी अभद्र व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार जसपाका स्थानीय युवा नेता यादवमाथि सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएको हो ।

Sponsored

उनले शनिबार राति क्याफेमा झै झगडा गर्नुका साथै कार्यरत महिलामाथि दुव्र्यवहार गरेको कारण मुद्दा दर्ता गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

ती महिला तथा क्याफे संचालकको उजुरीको आधारमा यादवमाथि मुद्दा दर्ता गरेको डीएसपी कार्कीको भनाइ छ । ‘क्याफे संचालक र महिलाले प्रहरीमा उजुरी दिएपछि हामीले मुद्दा प्रकृया अगाडी बढाएका छौँ’, उनले भने ‘यादव संगै पक्राउ परेका अन्य कसैको संलग्नता नरहेकोले उनीहरुलाई छोडेका छौँ ।’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *