TodayPati

उच्च अदालत जनकपुरका न्यायाधीशमा कोरोना पुष्टि

टुडेपाटी-

जनकपुरधाम, साउन ११ गते ।

उच्च अदालत जनकपुर राजविराज इजलासका एकजना न्यायाधीशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Sponsored

उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

एक हप्ता पहिले मात्र उच्च अदालत राजविराजको इजलासमा कार्यरत्त सहसचिव स्तरका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । सप्तरीमा एकजना न्यायाधीश सहित प्रहरी र अन्य पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको यादवले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *