नेपाल पिछडावर्ग समाज (ओबीसी) को धनुषा अध्यक्षमा महतो चयन
टुडेपाटी-
जनकपुरधाम, साउन ४ गते ।
नेपाल पिछडावर्ग समाज (ओबीसी) को धनुषा अध्यक्षमा श्रवण कुमार महतो चयन भएका छन् । शनिवार जनकपुरमा आयोजित जिल्लास्तरीय विस्तारित बैठकबाट उनलाई अध्यक्षमा चयन गरिएको हो ।
नेपाल पिछडावर्ग समाजको केन्द्रिय अध्यक्ष रामकुमार महतोको प्रमुख आतिथ्य तथा श्रवण महतोकै अध्यक्षतामा सम्पन्न भएको बैठकबाट उनलाई अध्यक्षमा चुनिएका हुन् । बैठकमा पुरानो जिल्ला समितिलाई विघटन गरी नर्म समिति अनुसारको समिति गठन गरिएको जनाइएको छ ।
कार्यक्रममा नेपाल पिछडावर्ग समाजका राष्ट्रिय अध्यक्ष तथा उक्त कार्यक्रमका प्रमुख अतिथि रामकुमार महतो, जिल्ला अध्यक्ष श्रवण महतो, विशिष्ट अतिथि तथा राष्ट्रिय उपाध्यक्ष इन्दू सिंह, सह महासचिव नागेन्द्र कुमार महतो, सदस्य फुलपरास देवी, सुमित ठाकुर, जिवछी देवी साह सहित अन्य सदस्यहरुको सहभागिता थियो ।